ल्हेन्दे खोलामा फेरि आयाे बाढी, भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा

ल्हेन्दे खोलामा फेरि आयाे बाढी, भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । गत असार २४ गते नेपाल-चीन मितेरी पुल बगाउने गरी उर्लिएकाे ल्हेन्दे खोलामा फेरि ठूलो बाढी आएको छ । सो बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा परेको छ ।

बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।अहिलेसम्म जनधनको क्षति पुगेको जानकारी आइसकेको छैन । यद्यपि सूचना संकलन गर्न र आवश्यक परे उद्धार गर्नका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

असार २४ गते ल्हेन्दे खोलाको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, सीमामा निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधनहरू बगाएको थियो। यसका साथै, रसुवागढी जलविद्युत् आयोजना लगायतका अन्य भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुगेको थियाे । १८ जना अझै वेपत्ता छन् ।

Logo