जेसीआई नेपालको आयोजनामा पहिलो पटक नेपालमा साउथ एशिया एकेडेमी फर इन्टरनेशनल लिडरशिप कार्यक्रम हुने भएको छ ।
जेसीआई नेपालले आज काठमाडाैंमा एक पत्रकार सम्मेलन गर्दै जुलाई ३१ देखि अगस्ट ३ सम्म उक्त कार्यक्रम हुने जानकारी दिएको हो । कार्यक्रमको प्रमुख उद्देश्य दक्षिण एसियाका उद्यमीहरू, लगानीकर्ता, व्यवसायिक नेताहरू र नेपालका स्टार्टअपहरूबीच नेटवर्किङ, लगानीको सम्भावना पहिचान, तथा साझा सहकार्यलाई प्रवद्र्धन गर्दै दीगो आर्थिक विकासमा योगदान पु-याउनु रहेको आयोजककाे भनाइ छ ।
जेसीआईकी राष्ट्रिय अध्यक्ष रञ्जनी थापाले नेपालका लागि यो कार्यक्रम ऐतिहासिक हुने विस्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘‘यो कार्यक्रम नेपाली युवा नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने दुर्लभ अवसर हो । यसले नेपाललाई अन्तर्राष्ट्रिय युवा नेतृत्वको केन्द्रका रूपमा चिनाउनेछ । ’’
एसएएआईएलको अवधारण सन् २०२५ को जेसिआई एसिया प्यासिफिक कन्फरेन्सको उलानवटारमा जन्मिएको हो । उक्त अवसरमा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका प्रतिनिधीबीच संयुक्त सम्झौता भएको थियो । जसमा सो चार वटा राष्ट्रले एसएएआईएल स्थापनाको संकल्प गरेका थिए ।
एसएएआईएल नेपाल २०२५ का प्रमुख उदेश्यहरु–
- युवा नेतृत्व क्षमताको बहुआयामिक विकास
- दक्षिण एसियाली राष्ट्रबीच आपसी समझदारी, मित्रता र सहकार्य प्रवदर््न
- नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रचार – प्रसार
- दीर्घकालिन नेटवर्क र क्षेत्रीय साझेदारीको निर्माण
कार्यक्रममा नेतृत्व विकास सत्रहरू जस्तै निति निर्माण, सार्वजनिक
उद्यमशीलता, नवप्रवर्तन र विश्व नेतृत्वदृष्टिकोणमा आधारित कार्यशालाहरू हुनेछ ।
त्यसैगरि सांस्कृतिक आदानप्रदानका लागि काठमाडौं, लुम्बिनी, पोखरा, दरबार स्क्वायर, पाटन, भक्तपुर, स्वयम्भू, बौद्ध लगायतका विश्व सम्पदा सूचीकृत स्थलहरूको अवलोकन हुनेछ ।





























प्रतिक्रिया