काठमाडौं । शिक्षा मानव जीवनको मेरुदण्ड हो, भविष्य निर्माणको आधार हो अनि हरेक राष्ट्रको समृद्धिको मूलमन्त्र पनि शिक्षा नै हो । नेपालको शिक्षा क्षेत्र आज कुन दिशातिर गइरहेको छ , गुणस्तरीय शिक्षाको मापदण्ड के हो ? कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूका लागि कसरी मार्गदर्शन दिन सकिन्छ भन्ने प्रश्नको उत्तर खोजीको गर्न पकनाजाेलमा अवस्थित एनसिसीएस कलेजका सिनियर कोअर्डिनेटर रमेश मैनालीसँग केन्द्रबिन्दुका लागि सरिता चौधरीले गरेकाे कुराकानीकाे सम्पादित अंश-
कक्षा ११ को भर्ना प्रकृया चलिरहेको छ, विद्यार्थीहरुलाई कसरी परामर्श दिइराख्नु भएको छ ?
-बालबालिकाको क्षमताको पहिचान गरेर त्यहि अनुरुप शिक्षा प्रदान गर्ने र भविष्य निर्माणका लागि परामर्श दिने कुरामा अझै पनि हाम्रो समाज विकास भैसकेको छैन । विद्यार्थी भविष्यमा के बन्न चाहन्छ त्यहि अनुसारको परामर्श दिने गरेका छौं । कतिपय विद्यार्थीहरु मेरो क्षमता के हो र मैले के अध्ययन गर्नुपर्छ भन्दा पनि साथीले जे अध्ययन गर्ने भनेको छ म पनि त्यहि विषय नै अध्ययन गर्छु भन्ने प्रवृतिमा रुमल्लिएका छन् । त्यसैले विद्यार्थीको क्षमता र रुचि के हो त्यहि अनुसारको परामर्श दिन आवश्यक हुन्छ । एनसिसीएस कलेजले पनि विद्यार्थीको रुचि र मनोभाव बुझेर नै परामर्श दिने गरेको छ ।
कक्षा ११ को शिक्षालाई उच्च शिक्षाको प्रस्थान विन्दुको रुपमा किन लिइन्छ ?
१० कक्षा पास गरिसकेपछि ११ कक्षामा प्रवेश गर्नु भनेको उच्च शिक्षाको लागि प्रस्थान विन्दु नै हो । विद्यार्थीले आफूलाई स्पेसलाइज गर्ने क्रममा एउटा मुख्य ढोका नै हो । यस तहमा पढाईलाई कति समय दिने भन्ने विषयले पनि महत्व राख्दछ । फिजिक्स, केमिस्ट्री, कम्प्युटर, म्याथ विषय अध्ययन गर्ने हो भने २४ घण्टामा १२, १५ घण्टा पढाईलाई दिनुपर्छ ।
हातमा डिग्री छ तर सिप छैन भने स्थापित हुन सक्दैन, स्कोप भन्ने चिज कुनै पनि हुँदैन । विद्यार्थीहरूले आफ्नो क्षमतालाई पहिचान गरेर छनोट गर्नुपर्छ ।
त्यसैगरी शिक्षण सिकाई विद्यार्थीको पारिवारिक वातावरण, कस्तो परिवारमा हुर्किएको त्यसले प्रभाव पार्ने गर्दछ । एउटै कक्षाकोठामा सबै विद्यार्थीको क्षमता हुने गर्छ । कुनै विद्यार्थी त्यहि समस्याको समाधान ३० मिनेटमा गर्न सक्छ भने अर्काे विद्यार्थीलाई एक घण्टा लाग्न सक्छ । शिक्षा क्षेत्रमा धेरे चुनौती र समस्याहरु रहेका छन् । यसका बावजुत पनि समयसँगै धेरै सुधार र परिवर्तन पनि भएका छन् । तर जुन रफ्तारमा अगाडी बढ्नु पर्थ्याे त्यो भने हुन सकेको छैन ।
एनसिसीएस कलेजकाे स्थापना चाँही कसरी भएको थियो ?
-शिक्षा क्षेत्रमा केही योगदान पु-याउने उदेश्यले एनसिसीएस कलेजको स्थापना २३ वर्ष अगाडि भएको हो । सुरुवातीमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर स्नातक तहको ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम) कार्यक्रम संचालन भएको थियो । जुन समयमा कम्प्युटर विषय एकदमै नौलो थियो । कम्प्युटर विषय भनेको इन्स्टिच्युटहरुतिर पढ्ने विषय भन्ने नै मान्यता राखिन्थ्यो ।
पूर्वाञ्चल युनिभर्सिटीमा बीआइटी पनि भर्खरै सुरु भएको थियो । अहिले त विद्यार्थीलाई धेरै विषय छनौट गर्न पाउने सुविधा रहेको छ । त्यो समयमा थिएन । त्यही समस्यालाई मध्यनजर गर्दै एनसिसीएसले एउटा डिप्लोमा कोर्सहरु र सफ्टवेयर डेभलपमेन्टसँग सम्बन्धित कार्य गर्नेगरी नेशनल कलेज अफ कम्प्युटर स्टडीज भनेर त्रिभुवन युनिभर्सिटी सम्बन्धन अगाडि सुरु गरेको हो ।
एनसिसीएसले विद्यार्थीको सङ्ख्या कसरी थप्ने भन्दा पनि शिक्षालाई कसरी गुणस्तरीय बनाउने तर्फ ध्यान दिने गरेको छ ।
कलेज स्थापनाको मुख्य उदेश्य भनेको विशेषगरी प्राविधिक विषयमा कम्प्युटरको क्षेत्रमा एउटा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि राम्रो वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गर्नु रहेको थियो र कलेजले त्यो उदेश्य पूरा गरेको छ ।
तत्कालिन एचएससिबीको सम्बन्धनमा कक्षा ११ र १२ का कार्यक्रमहरु पनि संचालन भए र क्रमशः ब्याचलर अफ होटल म्यानेजमेन्ट, बीएससी, बीसीए र बीबीएम, सीआईएसआइटीका कार्यक्रमहरु सञ्चालनमा छन् । त्यसपछि २०१० साल तिर कक्षा १ देखि १२ सम्मको कक्षा चन्डोलमा सुरु भयो । एनसिसीएसले विद्यार्थीको सङ्ख्या कसरी थप्ने भन्दा पनि शिक्षालाई कसरी गुणस्तरीय बनाउने तर्फ ध्यान दिने गरेको छ ।
एनसिसीएस कलेजमा शैक्षिक गतिविधीहरु कसरी सञ्चालन भैरहेको छ ?
-शिक्षा नीति बनाउँदा कम्तिमा विद्यार्थीलाई समस्यासँग जुध्न सक्ने समस्याको समाधान गर्न सक्ने बनाउने खालको हुनुपर्छ । त्यस्तै करिकुलमहरु डेभलप गर्नुपर्छ । अध्ययन गर्न लागेको वा अध्ययन गरेको विषयमा स्कोप कति छ भनेर सोच्ने गर्नुपर्छ ।
भविष्यमा कम्प्युटर विषय अध्ययन गरेका विद्यार्थीको भविष्य सुनिश्चित हुन्छ कि हुँदैन अथवा कुनै पनि प्राविधिक विषय अथवा गैरप्राविधिक विषय गएर सुनिश्चित हुन्छ कि हुँदैन । कुन विषयमा कति स्कोप छ भन्दा पनि समय अनुसार आफूलाई परिवर्तन गर्दै लैजानुपर्छ । समयसँगै आफूलाई परिवर्तन गर्न सकियो भने सर्भाइभ गर्न सहज हुन्छ । आजको विद्यार्थीलाई, युवालाई सबै क्षेत्रको ज्ञान हुनुपर्छ । एउटा क्षेत्रमा मात्र सीमित भएर हुँदैन । एनसिसीएस कलेजले व्यवस्थापनको पाटो, युग सुहाउँदो शिक्षा, सैद्धान्तिक सँगसँगै व्यवहारिक ज्ञानलाई मध्यनजर गर्दै शिक्षण सिकाईलाई अगाडि बढाइरहेको छ ।
शैक्षिक क्षेत्रको मुख्य चुनौती भनेकै एउटा सिमाभित्र बसेर शिक्षा प्रदान गर्नु हो । एनसिसीएस, विद्यालय अनुदान आयोगबाट युजीसी, नेपालबाट क्युएए सर्टिफिकेटेसन पाउने केही सीमित कलेजहरु मध्येमा पर्छ । विशेषगरी शैक्षिक संस्थाहरु, शैक्षिक कार्यक्रममा र शैक्षिक गुणस्तरमै केन्द्रित हुनुपर्ने बाध्यता पनि छ । त्यस्तै, अर्काे भनेको शैक्षिक क्यालेण्डर र पाठ्यक्रम पच्छ्याउनु पर्ने अर्काे बाध्यता छ ।
एनसिसीएसले अतिरिक्र क्रियाकलापलाई सिकाईसँग कसरी जोड्ने गरेको छ ?
-म्यानेजमेन्टमा रिपोर्ट राइटिङहरु छन्, स्टार्टअपको ट्रेनिङहरु गराउँछौँ, स्टार्टअप गराइसकेपछि हाकाथनहरु गराउँछौँ । जसले विद्यार्थीहरुलाई भविष्यमा एउटा आन्ट्रेप्रेनरको रुपमा स्थापित गर्न मद्दत गर्छ । व्यवसायिक रुपमा सफल भएका पूर्व विद्यार्थीहरुसँग करियरको बारेमा परामर्श दिने गरिन्छ । शैक्षिक संस्था भन्ने बित्तिकै शैक्षिक कार्यक्रमहरुलाई नै बढी फोकस गर्नुपर्ने हुन्छ । ५०० जना विद्यार्थी पढिराछन् भने बास्केटबल खेल्नलाई टिम तयार गर्ने त २०/२२ जनाकै हाे, सम्पूर्ण विद्यार्थीले बास्केटबल त खेल्दैन । सम्पूर्ण विद्यार्थीलाई त्यो अनिवार्य नहुन सक्छ । वार्षिक कार्यक्रमहरु हुन्छ खेलकुदका ती कार्यक्रमहरु संचालन गर्छौं । खेलकुदको लागि बास्केटबल, पुल, टेबल टेनिस यो व्यवस्था गरिएको छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी प्रदान गर्नुपर्छ, पूर्वाधारमा लगानी गर्नुपर्छ भन्ने सबैलाई थाहा छ तर कसैले काम गर्दैनन् ।
सम्पूर्ण शैक्षिक कार्यक्रमलाई खेलकुदसँग जोड् सकिँदैन । कि सम्पूर्ण विद्यार्थीलाई उनीहरुको लगावअनुसार खेलकुदको कार्यक्रममा जोड्न सक्नुपर्थ्याे, जुन चाहिँ हाम्रो शैक्षिक कार्यक्रमहरुले समेट्न सकेको छैन । त्यो कमजोरी पनि हो र एउटा बाध्यता र हाम्रो सिमा पनि हो । यदि आफूलाई खेलकुदमा केन्द्रित गर्ने हो भने अहिले त व्यवसायिक खेलकुदहरु छन् । तर पाठ्यक्रमसँगै खेलकुदलाई अगाडि बढाउन भने सकिँदैन ।
शैक्षिक संस्थालाई समयमै पाठ्यक्रम सकाउनु पर्ने बाध्यता पनि रहेको छ नि हाेइन ?
-सामान्यतया ४५ मिनेटदेखि एक घण्टाको एउटा कक्षा हुन्छ । पाठ्यक्रम पनि सकाउनु पर्ने हुन्छ अनि फेरि अतिरिक्त क्रियाकलापलाई पनि त्यसमै जोडिएको हुन्छ । जुन चुनौतीको विषय हो । उक्त समय सिमाभित्र पढाई र अतिरिक्त क्रियाकलापलाई सँगसँगै लैजान सम्भव नै छैन ।
विद्यार्थीहरु मेरो क्षमता के हो र मैले के अध्ययन गर्नुपर्छ भन्दा पनि साथीकाे लहैलहैमा रुमल्लिएका छन् ।
एनसिसीएसमा अध्ययन गरेका विद्यार्थीहरु आज कुन स्थानमा भएको पाउनु हुन्छ ?
-एनसिसीएसमा अध्ययन गरेका काेही विद्यार्थीहरु देशमै बसेर देशलाई अगाडि बढाउने कार्यमा संलग्न छन् । काेही विश्वका विभिन्न देशमा गएर आफूलाई स्थापित गरेका छन् । जुन एनसीसीएसको लागि उपलब्धि हो । अरुको कम्प्यारिजनमा सायद हामीले सोचेको शत प्रतिशत नपाए पनि हामी अरुलाई यसो कम्प्यारिजन गरेर हेर्छौँ अनि आफूलाई जस्तो तपाईँहरुको नराम्रोहरुको बीचमा राम्रो, त्यसरी त भन्न मिल्दैन । अब सबै आ –आफ्नै स्तरमा राम्रो हुनुहुन्छ । तर जस्तो उपलब्धि हाम्रा विद्यार्थीहरुले हासिल गरिरहनुभएको छ, त्यसमा हामी सन्तुष्ट नै छौँ । देशभरि रुपमा नै उहाँहरु विभिन्न क्षेत्रमा स्थापित हुनुहुन्छ । पूर्व विद्यार्थीहरु विभिन्न बैंकिङ क्षेत्रमा, सरकारी क्षेत्रमा, गैरसरकारी क्षेत्रको प्रतिष्ठित पदमा आवद्ध रहेका छन् । विद्यार्थी, अभिभावकको विश्वास जित्दै शिक्षक, कर्मचारी, व्यबस्थापन समुहको साथ, सहयोगले एनसीसीएस अगाडी बढिरहेको छ ।
लामो समय शिक्षा क्षेत्रमा बिताइरहँदा शिक्षा क्षेत्रको चुनौतीहरु के देख्नुभएको छ ?
-शिक्षा क्षेत्रमा चुनौतीका चाङ नै छ । करिकुलममलाई कसरी व्यवस्थित बनाउने, विद्यार्थीलाई कसरी जागरुक बनाउने जस्ता विषयमा नीति निर्मातादेखि शैक्षिक संस्थाहरुको ध्यान जान सकेको छैन । यो भएन त्यो भएन भनेर ठुला-ठुला कुरा गछौं तर सामान्य कुरा गर्न सकिरहेका छैनौं । प्रविधिको क्षेत्रमा लाग्यो, पढ्यो, डिग्री छ तर सिप छैन भने स्थापित हुन सक्दैन नि ! स्कोप भन्ने चिज कुनै पनि हुँदैन । विद्यार्थीहरूले आफ्नो क्षमतालाई पहिचान गरेर क्षेत्र छनोट गर्नुपर्छ ।
वैदेशिक अध्ययनमा जाने विद्यार्थीको नैसर्गिक अधिकार होला तर एउटा देशको सिमाभित्र बाँधिएपछि त्यहाँको सामूहिक हित पनि त हेर्नुपर्छ होला नि !
प्रत्येक दिन विद्यार्थीहरू सम्भावनाको खोजीको लागि विदेशिरहेका छन् । ति विद्यार्थीलाई कसरी रोक्ने अर्काे चुनौतीको विषय रहेको छ । रोजगारी, स्वास्थ्य, शिक्षा प्रदान गर्नुपर्छ, पूर्वाधारमा लगानी गर्नुपर्छ भन्ने सबैलाई थाहा छ तर कसैले काम गर्दैनन् ।
आज हामी यस्तो समयमा छौं १२ कक्षा पास गरिसकेपछि विद्यार्थीहरुको मनस्थितीमा विदेश जाने सोच आइसकेको हुन्छ । अझ एसईई दिइसकेपछि नै विद्यार्थी विदेश जाने योजना बनाउन थाल्छ । त्यो पनि मुख्य समस्याको रुपमा रहेको छ । यसलाई रोक्नु पर्दैन र ?
वैदेशिक अध्ययनमा जाने विद्यार्थीको नैसर्गिक अधिकार होला तर एउटा देशको सिमाभित्र बाँधिएपछि त्यहाँको सामूहिक हित पनि त हेर्नुपर्छ होला नि ! सामूहिक हितलाई नहेर्ने भन्दा पनि, अन्देखा गर्ने जुन प्रवृति छ त्यो पनि एउटा चुनौतीको रूपमा रहेको छ । सामान्य, सामान्य कामहरू पनि गर्न नसकेको अवस्था छ ।
एनएसिसीएस कलेज देशैभरिका विद्यार्थीहरुको रोजाईमा पर्नुको कारण के हो ?
-उचित भौतिक पूर्वाधार, सक्षम र अनुभवी शिक्षक कर्मचारी, उचित व्यवस्थापन, विद्यार्थीका रुचि अनुसार खेलकुदको व्यबस्थापन हुनु नै प्रमुख कारण हो । व्यवस्थापन पनि यस्तो छ कि, विद्यार्थीको भविष्य निर्माणका लागि जुन किसिमको मार्गदर्शन दिनुपर्ने त्यसमा ध्यान दिने गरेको छ । पढाई नै ठुलो कुरो होइन, व्यक्तित्व विकास गर्न उनीहरूलाई सहयोग गर्छाै, एउटा युनिभर्सिटी र एउटा बोर्डले दिएको कार्यक्रमलाई गर्ने हो भने तपाईंको २०, २५, ४०, ५० वटा क्लासमा सक्नु नै पर्छ । विश्वविद्यालय तथा बोर्डहरूले उपलब्ध गराएका कार्यक्रमहरूलाई नै राम्ररी अगाडि नबढाइरहेको सन्दर्भमा हामीले ती करिकुलम सँगसँगै विद्यार्थीहरूको सम्पूर्ण विकास कसरी गर्न सकिन्छ भनेर चिन्तन गरिरहेका छाैं । त्यो नै मुख्य आधार हो ।































प्रतिक्रिया