सिन्धुली सडक मर्मतका लागि जापानले दिने २.८ अर्ब जापानी येन अनुदान स्वीकार गर्ने सरकारको निर्णय

सिन्धुली सडक मर्मतका लागि जापानले दिने २.८ अर्ब जापानी येन अनुदान स्वीकार गर्ने सरकारको निर्णय

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापना तथा मर्मतका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । साथै, उनले बैठकले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा ध्रुवराज भट्टराई, तनहुँलाई नियुक्त गर्ने, राष्ट्रिय युवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने र नेपाली सेनातर्फ एकजना सहायक रथीको उपरथी पदमा र छ जना प्रमुख सेनानीहरूको महासेनानी पदमा बढुवा गर्ने, साथै, छ जना महासेनानीहरूको सरुवा गर्ने निर्णय गरेको पनि जानकारी दिएका छन् ।

Logo