एनपीएलको पहिलो संस्करणमा कुल २७ करोडकाे कारोबार, २ कराेड ४६ लाख मुनाफा

एनपीएलको पहिलो संस्करणमा कुल २७ करोडकाे कारोबार, २ कराेड ४६ लाख मुनाफा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा कुल २७ करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमितिको बिहीबार बसेको बैठकपछि सार्वजनिक आयव्यय विवरणअनुसार पहिलो सिजनमा कुल २७ करोड ६८ लाख रुपैयाँ कारोबार भएको हो । जसमा प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको छ ।

साथै बचत रकमको ५० प्रतिशत अर्थात ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ ८ फेन्चाइच टोलीलाई बाँडिएको छ भने बाँकी ५० प्रतिशतबाट ७० लाख रुपैयाँ प्रदेशलाई बाँडिएको छ । बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा बचत भएको क्यानले जारी विज्ञप्तिमा उल्लेख छ।

Logo