युवाको राष्ट्रिय भेला गराउँदै जसपा नेपाल

युवाको राष्ट्रिय भेला गराउँदै जसपा नेपाल

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समाजवादी युवा संघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला गराउने भएको छ ।

पार्टी केन्द्रीय सचिवालयको बैठकले पार्टी निकट भ्रातृसंगठन समाजवादी युवा संघ, नेपाल केन्द्रीय समिति गठन तथा राष्ट्रिय भेला गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार पार्टीका महासचिव लालबाबु राउतले जिल्लाबाट ३ जनाको दरले क्रियाशिल र क्षमतावान युवाहरुको नामावली पठाउन जिल्ला अध्यक्षहरुलाई पत्र काटेका छन् ।

४० वर्ष मूनिका युवाहरुको नामावली पार्टी केन्द्रीय कार्यालयमा पठाउनको लागि पार्टीले साउन मसान्तसम्मको समयसीमा तोकेको बस्नेतले बताए । समृद्ध मुलुक निर्माणमा युवा शक्तिको भूमिका अपरिहार्य भएको भन्दै क्रियाशिल तथा क्षमतावान युवा शक्तिलाई एकताबद्ध गर्न पार्टीले पहलकदमी लिएको उनको भनाइ छ ।

Skip This
Skip This
Logo