राति नगद र लत्ताकपडासहित निस्किएकी महिला तीन दिनदेखि बेपत्ता

राति नगद र लत्ताकपडासहित निस्किएकी महिला तीन दिनदेखि बेपत्ता

केन्द्रबिन्दु
12
Shares

बैतडी । सिगास गाउँपालिका घर भएकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा सिगास–४ सिराडीकी २७ वर्षीया भागरथी साउँद रहेकी छिन् ।

यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिँह साउँदले जानकारी दिए । भागरथीका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन् ।

भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

Logo