बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रै हाे -कानुनमन्त्री चौरसिया

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रै हाे -कानुनमन्त्री चौरसिया

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहलाई छुट दिने कानुन बनाइँदै भन्ने कुरा भ्रममात्र नभएको बताएका छन् ।

सिंहदरस्थित कानुन मन्त्रालयमा आज नेपाल महिला सङ्घसँगको भेटमा मन्त्री चौरसियाले बहुविवाहलाई छुट दिने प्रस्तावित कानुन भन्ने कुरा गलत र भ्रामक मात्रै भएको बताएका हुन‍् । “बहुविवाहलाई छुट दिने प्रस्तावित कानुन बनाइँदै भन्ने कुरा भ्रम मात्रै हो, त्यस विषयमा कानुन बन्ने होइन”, मन्त्री चौरसियाले भने, “बहुविवाहलाई छुट दिनेगरी कानुन बन्दैन ।”

सङ्घका अध्यक्ष उषा रावत मिश्रले बहुविवाहलाई छुट दिनेगरी प्रस्तावित कानुन बनाउने काम हुन लागेको भए तत्काल रोक्न माग गरेका थिइन् । “संविधान र कानुनमा उल्लिखित एक विवाह र लैङ्गिक समानताका सिद्धान्तलाई अक्षुण्ण राख्नुपर्छ, पुस्तौँदेखि विभेदकारी प्रथालाई उन्मूलन गर्न लडेका छौँ”, सङ्घले मन्त्रीसँगको भेटपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कठोर सङ्घर्षबाट प्राप्त गरेका अधिकारहरूलाई यसरी कमजोर बनाइनु हुँदैन ।”

विज्ञप्तिमा सङ्घले स्थापनाकालदेखि नै बहुविवाह प्रथाले महिला, बालबालिका र समग्र समाजमा पार्ने नकारात्मक प्रभावलाई महसुस गरी यसका विरुद्धमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेको छ । “बहुविवाह प्रथा ऐतिहासिक रूपमा पितृसत्ताको प्रतीक रहँदै आएको छ, जसले महिलाहरूलाई अथाह पीडा, भावनात्मक तनाव र आर्थिक कठिनाइमा धकेलेको छ, कुनै पनि वहानामा यसलाई पुनःस्थापना गर्नु महिलामाथि घोर अन्याय र समानताका लागि नेपाली महिलाले गरेको लामो र कठिन सङ्घर्षप्रतिको धोका हुनेछ”, विज्ञप्तिमा भनिएको छ ।

Skip This
Skip This
Logo