‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन पारित

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन पारित

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । लामो छलफलपछि ‘कुलिङ अफ पिरियड’मा भएको चलखेलसम्बन्धी अनुसन्धान गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन पास भएको छ । सहमति जुटेपछि मंगलबार बिहान ४ बजे प्रतिवेदन सर्वसम्मत पास भएको हो ।

समितिका सातै जना सदस्यले हस्ताक्षर गरेर प्रतिवेदन फाइल गरेका छन् । समितिको सोमबार बिहान ७ बजे सुरू भएको म्याराथन बैठकमा मंगलबार बिहान सवा ४ बजे सहमति जुटेको हो। समितिमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले)का तर्फबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाकी सांसद रोशन कार्की सदस्य छन्।

२ जेठ २०८२ मा राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक पास भएको थियो । समितिबाट पास भएको एक महिनापछि १ असार २०८१ मा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा छलफल गरेर सभाले १५ असार २०८२ मा निजामती विधेयक पारित गरेको थियो ।

प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेपछि विवादमा परेको थियो । कुलिङ पिरियडको प्रावधान निष्कृय हुने भाषा विधेयकमा रहेको भनेर प्रश्न उठेपछि २३ असारमा प्रतिनिधि सभाले सात सदस्यीय संसदीय छानबिन विशेष समिति बनाएको थियो ।

Logo