काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धराैटीमा छाड्न दिएकाे आदेशविरूद्ध सरकार पुनरावेदनमा जाने भएकाे छ ।
तीनकुने घटनामा मुख्य आराेपी मानिएका प्रसाईंलाई सोमबार उच्चका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियाे । याे आदेशविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको हाे ।
महान्यायाधिवक्ता कार्यालयका अनुसार उच्च अदालतको आदेश मुलुकी फौजदारी कायविधि संहिता २०७५ विरूद्ध छ। प्रसाईंविरूद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको मुद्दा दायर भएको थियो।





























प्रतिक्रिया