काठमाडाैं । केई ईभीको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले केई एक्स३ प्रो ईभीको फ्ल्यागसिप टप भेरिएन्टका लागि ‘केई बबाल अफर’ सार्वजनिक गरेका छन् ।
सो विशेष अफरअन्तर्गत सो गाडी अब ३९ लाख ९६ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यसको वास्तविक मूल्य भने ४८ लाख ९६ हजार रुपैयाँ हो । यस अनुसार यो गाडीमा एकैपटक ९ लाख रुपैयाँ छुट उपलब्ध हुने बताइएकाे छ ।
यसका साथमा ग्राहकले ७.३ किलोवाटको चार्जर पाउनुका साथै ८ वर्षको वारेन्टी, ६ वर्षको सर्भिसिङ र स्पेयर टयर पाउने छन् ।
यो अफर साउन २१ देखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ अवधिका लागि मात्र उपलब्ध हुनेछ । एक्सपोको स्टल ए२, हल एमा सो गाडी प्रदर्शित हुनेछ ।





























प्रतिक्रिया