भूपरिवेष्ठित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय -प्रधानमन्त्री ओली

भूपरिवेष्ठित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
15
Shares

आवाजा (तुर्कमेनिस्तान) । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताएका छन् ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक ‘साइड इभेन्ट’मा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताएका हुन् ।

“तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो”, उनले भने, “यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इञ्जिन बनाऔँ भन्ने आह्वान हो ।”

Logo