काठमाडौं

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्धको सुनुवाइ आज हुँदैछ । समितिको बैठकले मिश्र विरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने निर्णय गरेको समिति सदस्य पूर्णाकुमारी सुवेदीले जानकारी दिइन् । "/>

मिश्रविरुद्धको सुनुवाइ आज हुने

मिश्रविरुद्धको सुनुवाइ आज हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्धको सुनुवाइ आज हुँदैछ । समितिको बैठकले मिश्र विरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने निर्णय गरेको समिति सदस्य पूर्णाकुमारी सुवेदीले जानकारी दिइन् ।

उनी विरुद्ध परेका उजुरीहरु माथि उजुरीकर्तासँग आइतबार सोधपुछ गरिएको थियो । प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध चार वटा उजुरी परे पनि एउटा उजुरी फिर्ता लिइएको थियो ।

यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेकोमा सुनुवाइ समितिले उनको नाम अस्वीकृत गरेको थियो । जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठताका आधारमा न्यायाधीश मिश्रको नाम संवैधानिक परिषदमा पठाएको थियो । सर्वोच्च अदालत विगत पाँच महिना देखि नेतृत्वविहीन अवस्थामा छ ।

Logo