माओवादी केन्द्रको निर्णय स्वागतयोग्य, नेकपा पनि एकता चाहन्छ -कर्णजीत बुढाथोकी

माओवादी केन्द्रको निर्णय स्वागतयोग्य, नेकपा पनि एकता चाहन्छ -कर्णजीत बुढाथोकी

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य कर्णजीत बुढाथोकीले नेकपा माओवादी केन्द्रले पार्टी एकताबारे गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । उनले आफूहरु एकताको पक्षधर भएको भन्दै आफ्नो पार्टीले अब केन्द्रीय समिति बैठकले एकताबाट ठोस निर्णय गर्न सक्ने जानकारी गराए ।

संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै बुढाथोकीले क्रान्तिकारीहरुबीच समाजवादी क्रान्तिको लागि एकता आवश्यक रहेको समेत बताए ।

माओवादी केन्द्रबाट एकतासम्बन्धी ठोस प्रस्ताव आएपछि मात्रै आफ्नो पार्टीको औपचारिक धारणा आउने बताउँदै उनले भने, ‘बाहिर आए जस्तै कुनै व्यक्तिको चाहनाभन्दा पनि देश, जनता र समयको मागअनुसार एकता हुने छ ।’

माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा र समाजवादी क्रान्तिको लागि माओवादी धार र समाजवादी मोर्चामा आवद्ध पार्टीबीच एकता ध्रुविकरण हुने बताए ।

नेता बुढाथोकीले २०८४ सालमा देश पुनः माओवादीमय हुने दाबी समेत गरे । पार्टी एकतापछि निरास भएका जनता र कार्यकर्ताहरु समाजवादको लागि माओवादी आन्दोलनमा फेरि सक्रिय हुने उनकाे भनाइ छ ।

उनले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद चाहने शक्तिहरुबीचको एकता धुर्बिकरण आवश्यक रहेको बताए । उनले नयाँ पुस्ता र अवसरबाट बन्चित भएका इन्मान्दार र कर्तव्यनिष्ठ क्षमतावान व्यक्ति–व्यक्तित्वहरुको नेतृत्व सुनिश्चतता हुने गरी एकता हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘राईट मेन, राइट प्लेस र राइट टाईमको अवधारणालाई एकताले आत्मसाथ गर्नुपर्छ ।’

Skip This
Skip This
Logo