धनगढी

झण्डै तीन वर्ष अघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरुको कैलाली जिल्ला अदालतमा बकपत्र लिने काम आइतबार बाट शुरु भएको छ । "/>

टीकापुर घटनाका साक्षीसँग बकपत्र लिइँदै

टीकापुर घटनाका साक्षीसँग बकपत्र लिइँदै

केन्द्रबिन्दु
0
Shares

धनगढी

झण्डै तीन वर्ष अघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरुको कैलाली जिल्ला अदालतमा बकपत्र लिने काम आइतबार बाट शुरु भएको छ ।

आइतबार तीन जना साक्षीको बकपत्र लिइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए । यो मुद्दामा ८२ जनासँग बकपत्र लिनुपर्ने र बिदाको दिन बाहेक मुद्दाको विषयमा निरन्तर काम अघि बढ्न लागेको कठायतले बताए । यसअघि पहिलो पटक गएको साउन ३० गते तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश अदालतले दिएको थियो ।

कैलाली जिल्ला अदालतका न्यायधीश पर्शुराम भट्टराईको इजलासमा टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको हो । अदालतमा उक्त मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएपछि सर्वसाधारणको चासो समेत बढेको छ । टीकापुरमा भएको घटनासँग सम्बन्धित मुद्दा सरकारवादी फौजदारी हो । भदौ ७ गते टीकापुर घटना भएको तीन वर्ष पुगेर चौथो वर्ष लागेको छ ।

घटनाका अभियुक्त मध्ये २३ जना पुर्पक्षका लागि कैलाली कारागारमा रहेकोमा एक जना (रेशमलाल चौधरी) केन्द्रीय कारागारमा रहेका छन् । अभियुक्तका आश्रित दुई बालकलाई पोखराको बाल सुधार गृहमा राखिएको छ । टीकापुर घटनाका ५८ जना अभियुक्त रहेकोमा २२ जना अझै फरार रहेका छन् । थरुहट/थारुवान राज्यको माग गर्दै भएको आन्दोलनको क्रममा वि.सं. २०७२ भदौ ७ गते भएको झडप र हिंसामा परी एक नाबालक र सात प्रहरीको ज्यान गएको थियो ।
रासस

Skip This
Skip This
Logo