काठमाडौं । विद्यालय शिक्षामा सुधारको बहस चलिरहेका बेला शिक्षकको कार्यसम्पादन मूल्यांकन सम्बन्धी महत्वपूर्ण प्रस्ताव अगाडि आएको छ । अब शिक्षकमाथि कार्यसम्पादनको ‘१०० मा ९०’ को दबाब घट्न लागेको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितामा पेस भएको विद्यालय शिक्षा विधेयक अन्तर्गत शिक्षक मूल्यांकन सम्बन्धी प्रावधानमा न्यूनतम औसत अंक ९० बाट घटाएर ८० प्रतिशत बनाउने संशोधन प्रस्ताव गरिएको हो ।
परामर्श उपसमितिले तयार पारेको सहमतिमूलक प्रस्तावमा भनिएको छ । पाँच वर्षको औसत कार्यसम्पादन मूल्यांकन गर्दा ८० प्रतिशत अंक पुग्नुपर्नेछ । अघिल्लो मापदण्डअनुसार शिक्षकहरूले ९० प्रतिशत अंक ल्याउनुपर्ने बाध्यता थियो, जसप्रति शिक्षक संगठनहरू असन्तुष्ट रहँदै आएका थिए ।
समितिका अनुसार नयाँ प्रस्ताव व्यवहारिक र निष्पक्ष मूल्यांकन प्रणालीको दिशामा गरिएको पहल हो । व्यवहारिक मूल्यांकन, पारदर्शिता र निष्पक्षता कायम राख्ने लक्ष्यसहित नयाँ व्यवस्था ल्याइएको हो ।
हाल समितिमा यसबारे विस्तृत छलफल भइरहेकाले थप सुझाव संकलनपछि अन्तिम निर्णय लिइने बताइएको छ । अबको मूल्यांकन प्रणालीले शिक्षकमाथि अनावश्यक मानसिक दबाब होइन, वास्तविक योगदानको सम्मान गर्ने वातावरण बनाउने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया