भारतको उत्तराखण्डमा बाढी आएपछि धादिङका चार जना पनि सम्पर्कविहीन

भारतको उत्तराखण्डमा बाढी आएपछि धादिङका चार जना पनि सम्पर्कविहीन

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । भारतको उत्तराखण्डमा काम गर्न गएका धादिङ ज्वालामुखी गाउँपालिका २ का चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् ।

साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्‍याएको छ । उनीहरू घटना हुनुभन्दा केही समयअघि परिवारको सम्पर्कमा रहेपनि त्यसपश्चात् सम्पर्कविहीन भएका हुन् ।

परिवारका सदस्यहरूको आग्रह अनुसार गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई खोजीका लागि अनुरोध गरिएको छ । यसअघि बाढीमा परेर जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएका खबरहरू आएका थिए ।

Skip This
Skip This
Logo