काठमाडौँ

वैदेशिक रोजगारीको नाममा ईराकमा बेचिएका गंगामाया तामाङ, कान्छिमाया तामाङ र अर्चना थापालाई उद्धार गरेर स्वदेश फिर्ता गरीएको छ । "/>

इराकमा बेचिएका ३ नेपाली चेलीलाई स्वदेश फर्काइयो

इराकमा बेचिएका ३ नेपाली चेलीलाई स्वदेश फर्काइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

वैदेशिक रोजगारीको नाममा ईराकमा बेचिएका गंगामाया तामाङ, कान्छिमाया तामाङ र अर्चना थापालाई उद्धार गरेर स्वदेश फिर्ता गरीएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा फाउण्डेशनले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । वर्क फर नेपाल फाउण्डेशन, अन्तरपार्टी महिला सञ्जाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरेर संयुक्त रुपमा यस्तो जानकारी गराएका हुन् ।

ईराकमा बेचिएकी २० वर्षीया गंगामाया तामाङ (सिन्धुपाल्चोक) २० वर्षकै कान्छिमाया तामाङ (सिन्धुपाल्चोक) र २३ वर्षीया अर्चना थापा मगर (सिन्धुली) ले रोजगारीको नाममा नेपाली दलालहरुले नेपाली चेलीहरुलाई तेस्रो मुलुकमा बेच्ने गरेको बताउँदै सरकारलाई दलालीहरुको जालो पत्ता लगाएर दोषी माथि कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै ईराकमा बेचिएकी कान्छीमाया तामाङले विदेश जानुपूर्व बुझेर मात्रै जानुपर्ने धारणा राखेकी छिन् । ईराकमा आफू बेचिँदाको पीडा र भोगेको दुःखलाई सुनाउँदै उनले भनिन् , ‘मेरो जस्तो कसैले दुःख नपाओस्, मलाई भारतको बाटो हुँदै ईजरायल भनेर ईराकमा पुर्याएको थियो । पछि त मलाई दलालीहरुले बेचिसकेको थाहा पाएँ।’

त्यस्तै अर्चना थापा मगरले नेपाली महिलाहरुले बिदेश जानुपुर्व सोचबुझ पछि मात्रै जानुपर्ने बताईन् । उनले भनिन्, ‘मैले भोगेको दुःख अरु नेपाली चेलीहरुले भोग्न नपरोस्, नेपालमै काम गरेर खानुपर्छ, यही देशमा केही गरिखानु पर्छ, मैले दलाललाई चिन्न नसकेर दुःख पाएँ, नेपालबाट दुवई भनेर मलाई लगिएको हो । तर, मलाई दुवई नलगी सिधै इराक पुर्याईएछ । तिर्गिस्तानको लागि भनेर ईराकमा बेचिदिए, १३ महिना सम्म मैले दुःख भोग्नुपर्यो, शारिरिक रुपमा हमला गर्ने गर्थे, अबका दिनमा बिदेश भन्ने शब्द वाचनसम्म गर्न नपरोस् ।’

सरकारले बैदेशिक रोजगारको बारेमा जनचेतनामुलक तथा सन्देशमुलक कार्यक्रमहरु गर्नुपर्ने भन्दै वर्क फर नेपाल फाउण्डेशनलका कार्यवाहक अध्यक्ष धावा ठोकरले कडा कानून बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘नेपाली चेलीहरुलाई विदेशमा बेचिनबाट रोक्नको लागि हाम्रो सरकार गम्भिर बन्नुपर्छ । दलालहरुलाई कडा कानूनी कारबाही गर्नुपर्छ ।’
राजधानीबाट

Skip This
Skip This
Logo