काठमाडौं । वायु प्रदूषणका चुनौतीहरू दिनदिनै गम्भीर बन्दै गइरहेको अवस्थामा विश्वस्तरीय होम एप्लायन्स ब्रान्ड माइडियाले दुई अत्याधुनिक एयर प्युरिफायर केजे५००जी-एएफ ११ र केजे४००जी-जेड१ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यी मोडेलहरू स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धीकरण क्षमतासहित नेपालका घर, अफिस र व्यवसायिक स्थानहरूका लागि आदर्श समाधान रहेको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ ।
सीजीका अनुसार नेपालका विभिन्न भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गर्दै यी मोडेलहरू विशेष प्रविधिसहित तयार गरिएको छ । तराई: आर्द्रताजनित फफूंदी, धुलो र पराग हटाउने क्षमता। पहाड: जाडो मौसमको कुहिरो र घरायसी धुवाँ शुद्ध गर्ने। र सहर: सवारी साधन र निर्माण कार्यबाट उत्पन्न विषालु कण नियन्त्रण।
सीजीका अनुसार यस्ता छन् विशेषताहरू– (जस्ताको त्यस्तै)
केजे५००जी-एएफ ११ (ठूला क्षेत्रका लागि):
- क्लिन एयर डेलिभरि रेट : ४५० मिटर क्युब प्रतिघण्टा
- कभरेज क्षमता: ६६ मिटर स्क्वायरसम्म
- एआई मोड (स्वचालित प्रदर्शन नियन्त्रण): यस यन्त्रमा रहेको स्मार्ट सेन्सिङ प्रणालीले वरपरको प्रदूषण स्तरको मूल्याङ्कन गरी स्वतः आफ्नो कार्यक्षमता समायोजन गर्छ। आवश्यक हावा गुणस्तर प्राप्त भएपछि, उपकरण ऊर्जा बचत र फिल्टरको दीर्घायु सुनिश्चित गर्दै सन्तुलित मोड मा चल्ने गर्छ।
- एच१३ एचईपीए फिल्टर: पीएम २.५, पराग, धुलो लगायत सूक्ष्म कणहरू हटाउने उच्च-स्तरीय फिल्टर।
- प्लाज्मा स्टेरलाइजेसन प्रविधि: हानिकारक ब्याक्टेरिया र भाइरस नष्ट गर्ने उन्नत प्रणाली।
केजे४००जी-जेड१ प्रो (सानो क्षेत्रका लागि) - क्लिन एयर डेलिभरि रेट : ३८० मिटर क्युब प्रतिघण्टा
- कभरेज क्षमता: ५५ मिटर स्क्वायरसम्म
- एच१३ एचईपीए फिल्टर: घर तथा अफिस प्रयोगका लागि उच्च दक्षता भएको शुद्धीकरण प्रणाली।
- आइरन फिल्ट्रेशन फंसन : नकारात्मक आयनको प्रयोगमार्फत हावा शुद्ध पार्दै धुलो, गन्ध, र सूक्ष्म प्रदूषकहरू हटाउने क्षमता।































प्रतिक्रिया