काठमाडौँ

नेपाल–भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर बनेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतका गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा सिमानामा हुने लुटपाटका घटनाबारे ध्यानाकर्षण गराएका थिए । "/>

सीमामा भारत गम्भीर, दाहाल छलफलमा व्यस्त : प्रचण्डको भारत भ्रमण

सीमामा भारत गम्भीर, दाहाल छलफलमा व्यस्त : प्रचण्डको भारत भ्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल–भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर बनेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतका गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा सिमानामा हुने लुटपाटका घटनाबारे ध्यानाकर्षण गराएका थिए ।

सो क्रममा भारतका गृहमन्त्री सिंहले समस्या समाधानका लागि चासो दिएको दाहालको सचिवालयले जनाएको छ । दाहालको सचिवालयका अनुसार सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी यस्ता किसिमका घटना हुन नदिने प्रतिबद्धता समेत जनाएका थिए ।

दाहाल बिहीबार भारत प्रस्थान गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अधिकारीहरूसँग भेटघाटको सूची छ । दाहालले शुक्रबार भारतीय गृहमन्त्री सिंहसँग भेट गरेका थिए । भेटका क्रममा नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

दुई देशबीच अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो । भेटमा दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।
राजधानीबाट

Logo