महेन्द्रनगर

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले नै केहि त्रुटी गरेको नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । "/>

नालायक प्रहरीले सम्पुर्ण संगठनलार्इ नै बदनाम बनाए : खनाल

नालायक प्रहरीले सम्पुर्ण संगठनलार्इ नै बदनाम बनाए : खनाल

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले नै केहि त्रुटी गरेको नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् ।

शुक्रबार महेन्द्रनगरमा आयोजित ‘महिला हिंसा न्युनिकरण, मानवअधिकारको संरक्षण एवम् सुरक्षाः नेपाल प्रहरीको जवाफदेहिता’ बिषयक राष्ट्रिय अभियान कार्यक्रममा आइजिपी खनालले भने ‘प्रहरीले यस घटनाको अनुसन्धानमा केहि बिगारेको छ, यस घटनामा संलग्न जो कोहि भएपनि कानुनी दायरामा ल्याउँछौं ।’

राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा महानिरीक्षक खनालले आफ्नो सेवाकालको दुखद घटनाका रुपमा यसलाई लिँदै भने, ‘बहुतै दुःखी छु । प्रहरी संगठनप्रति अहिलेसम्म यस्तो आरोप लागेको थिएन, महानिरीक्षक खनालले थपे, ‘उच्चस्तरीय छानविन टोलीले समेत यस घटनाको अनुसन्धान गरिराखेको छ । अनुसन्धान टोलीलाई सबैले सहयोग गर्नुहोस् । म पनि हस्तक्षेप गर्दिन । संगठन प्रमुखका हैसियतले यस्ता घटनामा कसैको ‘पावर’ मान्दैन् ।’ यो घटनामा संलग्न आफ्नै संगठनको जो कोहि भएपनि त्यसलार्इ कार्वाही हुने उनले बताए ।

कुनै निर्दोष व्यक्तिलाई यस घटनामा यातना दिएर सकार्न नलगाइने बताउँदै महानिरीक्षक खनालले नालायक प्रहरीले सम्पुर्ण संगठनलार्इ नै बदनाम बनाएको बताए । हिंसाका घटनाको समाधान मिलापत्र मार्फत खोज्न नहुने बताउँदै उनले यस घटनामा भिआईपी र भिभिआईपी जो कोहि भएपनि कानुनी कठघरामा उभ्याउने बताए ।

गत साउन १० गते साथी रोशनी बमको घरमा दिउँसो गृहकार्य गर्न गएकी निर्मला वेपत्ता भएकी थिईन् । बमको घरको केहि पर भिमदत्त नगरपालिका १९ बागफाँटाको उखुबारीमा दोस्रो दिन उनको शव फेला परेको थियो । घटनामा प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनी रोशनी र बबितालाई थुनामा राखेको छ । उनीहरुसँग वयान लिने काम भईरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता तथा डिएसपी कृष्णराज ओझाले बताए ।
नागरिकबाट

Skip This
Skip This
Logo