काठमाडौँ

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेत्री उमा भुजेललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । "/>

भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेत्री उमा भुजेललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शुक्रबार अदालतको मुख्य रजिष्ट्रार भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “भुजेललाई थुनामा राख्नुपर्ने आधार र कारण देखिएन, गैरकानूनी थुनामा राखेको हुँदा निजलाई अदालतको मुख्य रजिष्ट्रारको रोहबरमा छाड्नु ।”

क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा भुजेललाई गत भदौ १२ गते बालाजुबाट पक्राउ गरिएको थियो भने अनुसन्धानका लागि म्याद थप जिल्ला अदालत काभ्रेबाट गरिएको थियो ।

भुजेलले आफूलाई गैरकानूनी रुपमा थुनामा राखेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सोही रिटको सुनुवाइपछि अदालतले थुनामुक्त गर्न आदेश दिएको हो ।
रासस

Logo