तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
15
Shares

२०८२ श्रावण २५ देखि श्रावण ३१ सम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

यो हप्ता व्यावसायिक जीवनमा सन्तुलन कायम राख्ने प्रयासमा बित्नेछ । तपाईंको दृष्टिकोण जति व्यावहारिक हुन्छ, त्यति नै शान्ति र स्थिरता रहन्छ। कामको क्षेत्रमा आफ्नो पद र प्रतिष्ठा बलियो बनाउन प्रयास गर्नुहुनेछ। तर, पुरानो समस्या पुनः देखा पर्न सक्ने भएकाले सतर्क रहनुपर्छ।

हप्ताको सुरुवातमा कामको दबाब कम हुनेछ र तपाईं आफ्नो प्रेमीसँग यात्रा वा भेटघाटको योजना बनाउन सक्नुहुन्छ। विद्यार्थीका लागि समय अनुकूल छ। जीवनसाथीको करियरमा राम्रो अवसर आउने सम्भावना छ। पुरानो ऋण समाप्त हुने संकेत छ, जसले आत्मविश्वास बढाउनेछ। आर्थिक स्थिति सुधार गर्न दीर्घकालीन योजना बनाउन अनुकूल समय हो। साताको अन्त्य भाग शुभ हुनेछन्, ढिलो तर स्थिर प्रगति सम्भव छ।

काममा ठूला परिवर्तन वा नयाँ योजना सुरु गर्ने भन्दा अहिलेको स्थितिलाई मजबुत बनाउन ध्यान दिनु उत्तम हुनेछ। रोजगारीमा रहेका व्यक्तिहरूले आफ्ना प्रतिस्पर्धीहरूलाई परास्त गर्न सक्छन्।

तर, विवादित विषयका कारण परिवारमा तनाव आउन सक्छ, त्यसैले अनावश्यक तर्क–वितर्कबाट बच्नुपर्छ। स्वास्थ्यमा समस्या आउँदा खर्च बढ्न सक्छ। धैर्यको कमी र स्वार्थी प्रवृत्तिका कारण केही व्यक्तिहरू तपाईंको विरोध गर्न सक्छन्। पुरानो गलत निर्णयको प्रभाव भोग्नुपर्ने स्थिति पनि आउन सक्छ। बुधबार र बिहीबार कमजोर दिन हुनेछन्, त्यसैले सतर्क रहनुहोस्।यस हप्तामा आम्दानी र खर्चको गहिरो विश्लेषण गर्नु बुद्धिमानी हुनेछ। आर्थिक मामिलामा सोचविचार गरेर मात्र कदम चाल्नुहोस्।

उपाय- शनिबार कुनै गरीबलाई अन्न तथा वस्त्र दान गर्नुहोस् र भगवान् शिवलाई नीलो फूल अर्पण गर्नुहोस्।

वृष राशि

यो हप्ता वृष राशिका जातकहरू आर्थिक सन्तुलन कायम राख्न व्यस्त रहनुहुनेछ। कडा परिश्रमसँगै भाग्यको साथ पाइने भएकाले योजनाबद्ध रूपमा चालिएका कदमहरूले राम्रो परिणाम दिनेछन्। केही महत्त्वपूर्ण निर्णयहरू लिने अवसर आउन सक्छ। व्यापारमा पुराना ग्राहक वा सम्पर्कबाट लाभ मिल्ने सम्भावना छ। जागिरमा स्थायित्व रहनुका साथै उच्च पदाधिकारीहरूबाट सहयोग प्राप्त हुनेछ।

कार्यक्षेत्रमा भरोसा र ईमानदारीले सफलता दिलाउनेछ।प्रेम सम्बन्धमा समझदारी आवश्यक हुनेछ। साथी वा जीवनसाथीसँग सानो मतभेद हुन सक्छ, तर संयमले अवस्था सुध्रिनेछ। विवाहितहरूको लागि समय मिलनसार रहनेछ। फिजूल खर्च र उधारो कारोबारबाट टाढा रहनु राम्रो हुनेछ।

हप्ताको सुरुवातमा जागिर परिवर्तनको अवसर आउन सक्छ। प्रतिकूल परिस्थितिलाई आफ्नो पक्षमा मोड्न सफल हुनुहुनेछ। नयाँ सीप वा प्रविधि सिक्ने मौका पाइनेछ। व्यक्तिगत र पारिवारिक जीवनमा माया र सम्मान प्राप्त हुनेछ। व्यवसाय विस्तारको सम्भावना बलियो छ। सन्तानको प्रगतिबाट उत्साह मिल्नेछ।

यस हप्तामा कार्यक्षेत्रमा केही परिवर्तन सम्भव छ, तर उत्तेजित भएर निर्णय नगर्नुहोस्। मानिसहरूले तपाईंबाट बढी अपेक्षा राख्नेछन्, जसले दबाब दिन सक्छ। आलोचना सुन्नु पर्ने अवस्था आउन सक्छ । हप्ताको अन्त्यतिर मन अशान्त रहन सक्छ, र व्यक्तिगत सम्बन्धमा अहंकार नल्याउनुहोस्। महिलाहरूका लागि स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय छ, विशेष गरी महिनावारीसम्बन्धी समस्या आउन सक्छ। खर्च अचानक बढ्न सक्छ।

उपाय –शुक्रबार लक्ष्मीजीको आराधना गरेर कमलको फूल अर्पण गर्नुहोस्, शनिबार गरीबलाई अन्न दान गर्नु लाभदायक हुनेछ।

मिथुन राशि

हप्ताको सुरुवातमा तपाईं साथीहरूसँग रमाइलो क्षणको आनन्द लिनुहुनेछ। नयाँ प्रविधि वा सीपमा आत्मविश्वास बढ्नेछ। महत्त्वपूर्ण विषयमा छलफल वा ठूला बैठकमा सहभागी हुने सम्भावना छ। जीवनसाथीको सहयोगले मनोबल उच्च रहनेछ। विद्यार्थीका लागि, विशेष गरी प्रतिस्पर्धात्मक परीक्षामा तयारी गरिरहेका लागि, सफलता प्राप्त हुने सम्भावना छ। प्रविधि, सञ्चार वा क्रिएटिभ क्षेत्रमा कार्यरत व्यक्तिहरूले उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छन्। परिस्थिति अनुसार आफूलाई ढाल्न सक्ने क्षमता बढ्नेछ।

यस हप्तामा तपाईं आफ्नो सिर्जनशील कार्य र मिलनसार व्यवहारले मानिसको मन जित्न सक्नुहुनेछ। कहिलेकाहीँ मूड स्विङ्सले असर पार्न सक्छ, तर संयमले अवस्था नियन्त्रणमा रहनेछ। विवादबाट टाढा रहँदा मानसिक शान्ति मिल्नेछ। नयाँ परियोजना वा साझेदारी सुरु गर्न अनुकूल समय हो। काममा नवीन सोच र योजनाले सफलता ल्याउनेछ। युवाहरूको लागि प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो परिणामको संकेत छ।प्रेम सम्बन्धमा कोमलता र समझदारी अपनाउनुहोस्।

ससुराली पक्षसँग राम्रो सम्बन्ध कायम राख्नुहोस्। नकारात्मक सोच भएका व्यक्तिहरूसँग समय नष्ट नगर्नुहोस् र अत्यधिक विश्वास गर्दा सतर्क रहनुहोस्। अचानक यात्रा वा बाहिर जाने योजना बन्न सक्छ। खानपानमा सन्तुलन राख्नुहोस्, विशेष गरी धेरै तारेको खाना कम गर्नुहोस्। सप्ताहन्तमा खुट्टा वा कुर्कुच्चामा समस्या आउन सक्छ।

अविवाहितका लागि विवाह प्रस्ताव आउने सम्भावना छ। वैवाहिक जीवनमा आपसी सद्भाव र नजिकपन बढ्नेछ।

उपाय– दुर्गा सप्तशतीको पाठ गर्नुहोस् र तुलसीमा जल अर्पण गर्नुहोस्।

कर्कट राशि

यस हप्ता तपाईंको मन स्वतन्त्रता र नवीनतामा केन्द्रित हुनेछ। नयाँ सीप सिक्ने, नयाँ विचारहरू लागू गर्ने वा सिर्जनात्मक योजनामा संलग्न हुने अवसर पाइनेछ। तर, भावनात्मक रूपमा केही अस्थिरता महसुस हुन सक्छ, त्यसैले निर्णय गर्दा संयम अपनाउनु महत्त्वपूर्ण हुनेछ।

कार्यक्षेत्रमा परिश्रम बढे पनि परिणाम राम्रो मिल्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन सक्नुहुन्छ। जागिरमा स्थानान्तरण वा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। व्यापार विस्तार वा ठूलो निर्णय लिन खोज्दै हुनुहुन्छ भने आफ्नो बलमा अघि बढ्नुहोस्, किनकि अन्तिम समयमा अरूको सहयोग नपाएर योजना अटक्ने सम्भावना छ।

प्रेम सम्बन्धमा वचनबद्धता बढ्नेछ र पुराना मतभेद मेटिनेछन्। वैवाहिक जीवनमा जिम्मेवारी बुझ्ने र निभाउने समय हो। तर, भावनामा बगेर निर्णय नगर्नुहोस्। विद्यार्थीहरूले परिश्रमको अनुपातमा अलि कम फल पाउन सक्छन्। विदेशमा करियर, व्यवसाय वा उच्च अध्ययनको प्रयास गरिरहेकाहरूका लागि अझै केही समय पर्खनुपर्ने हुन सक्छ।

हप्ताको उत्तरार्धमा छोटो वा लामो दूरीको यात्रा सम्भव छ। यात्रामा स्वास्थ्य र सामानको विशेष ध्यान दिनुहोस्, मौसमी रोगले असहजता दिन सक्छ। पारिवारिक र सामाजिक सम्बन्ध राम्रो राख्नका लागि विवादमा नजाने, बरु अरूको कुरा धैर्यपूर्वक सुन्ने र बुझ्ने बानी अपनाउनु फाइदाजनक हुनेछ। वैवाहिक जीवनमा घरेलु विषयलाई लिएर मतभेद हुन सक्ने भएकाले संवाद र धैर्य आवश्यक हुनेछ।

उपाय– हरेक दिन “ॐ नमः शिवाय” मन्त्र १०८ पटक जप गर्नुहोस् र शिवलिङ्गमा जल अर्पण गर्नुहोस्।

सिंह राशि

यो हप्ता तपाईंले आफ्नो जीवनमा शॉर्टकट भन्दा सही मार्ग रोजी समय र ऊर्जाको सही प्रयोग गर्नुपर्नेछ। ढिलो भए पनि इमानदार र स्थिर तरिकाले अघि बढ्दा दीर्घकालीन सफलता प्राप्त हुन्छ भन्ने कुरा बुझ्नुपर्ने समय हो। खर्चमा नियन्त्रण राख्नुहोस् र अनावश्यक आवश्यकता नबढाउनुहोस्।

आत्मीय सम्बन्धलाई मजबुत बनाउन उनका भावनाको कदर गर्नुहोस् र समय दिनुहोस्।हप्ताको सुरुवातमा लामो दूरीको यात्रा सम्भव छ, यात्रा सुखद र सन्तोषजनक रहनेछ। पुरानो समस्या समाधान हुने मौका पाउनुहुनेछ। निर्णय क्षमता स्पष्ट रहने भएकाले कार्यक्षेत्रमा राम्रो योजना बनाउन सक्नुहुनेछ। प्रियजनहरूले तपाईंको योजनामा समर्थन गर्नेछन्।कार्यस्थलमा योजनाहरू सफल हुनेछन्, तर बेकारको विवादबाट टाढा रहनुहोस्।

व्यवसायमा आर्थिक लाभको सम्भावना छ, तर ठूलो सम्झौता अघि सावधानीपूर्वक सोच्नुहोस्। वरिष्ठ अधिकारीहरूको पूर्ण सहयोग रहनेछ र पहिले नै बनाइएका योजनाहरू कार्यान्वयन गर्न सजिलो हुनेछ। नयाँ अवसरहरू आउन सक्छन्, म्युचुअल फन्ड वा सेयर बजारबाट लाभ पाउने संकेत छ।प्रेम सम्बन्धमा केही अवरोध आउन सक्छन्, तर संवादको माध्यमबाट समाधान खोज्नु लाभदायी हुनेछ।

युवा प्रेमीहरूका लागि रोमान्टिक यात्रा सम्भव छ। स्वास्थ्यतर्फ हप्ताको सुरुमा कमजोरी महसुस हुन सक्छ। बदलिँदो मौसम र वर्षाका कारण एलर्जी वा मौसमी रोगको समस्या हुन सक्छ। निद्राको कमीले टाउको दुख्ने र थकान बढ्ने सम्भावना छ।

घरजग्गा सम्बन्धी कारोबारमा सावधानी आवश्यक छ। अनावश्यक खर्चको बानी नियन्त्रण गर्नुहोस्। साना बच्चाहरूको स्वास्थ्य, विशेष गरी आँखाको समस्या, मा ध्यान दिनुहोस्।

उपाय– हरेक दिन भगवान् सूर्यलाई अर्घ्य दिनुहोस् र आदित्य हृदय स्तोत्र तीनपटक पाठ गर्नुहोस्।

कन्या राशि

यो हप्ता कन्या राशिका लागि शुभता कायम रहनेछ। हप्ताको सुरुमा धार्मिक यात्रा वा आध्यात्मिक क्रियाकलापको योजना बन्न सक्छ। व्यवसायमा नयाँ काम सुरु गर्ने अनुकूल समय छ, र नयाँ रोजगारी खोजिरहेका हुनुहुन्छ भने सफलता पाउने सम्भावना बलियो छ। उच्च शिक्षामा सकारात्मक नतिजा पाउनुहुनेछ।

रोकिएको सरकारी काम पुनः सुरु हुन सक्छ। पुर्खाको व्यवसायमा नीति परिवर्तन गर्ने अवसर मिल्न सक्छ।प्रशासन, मिडिया वा सत्ता-संबन्धित क्षेत्रमा काम गर्नेहरूले पदोन्नति वा मान–सम्मान पाउने सम्भावना छ। परिवारसँग, विशेषगरी जीवनसाथीसँग, समय बिताउने इच्छा पूरा हुनेछ।

काममा सहकर्मीहरूसँग मिलेर अघि बढ्दा अपेक्षाभन्दा बढी सफलता मिल्नेछ। कुनै प्रभावशाली व्यक्ति वा उच्च अधिकारीको सहयोगले लामो समयदेखि रोकिएको महत्त्वपूर्ण काम पूरा हुनेछ । भूमि–भवन वा पैतृक सम्पत्ति सम्बन्धी विषयमा प्रगति हुनेछ, र यो हप्ता जमिन वा घर खरिद गर्ने प्रयास सफल हुन सक्छ।

माता–पिताबाट प्रेम र सहयोग प्राप्त हुनेछ। विद्यार्थीहरूको पढाइमा ध्यान केन्द्रित हुनेछ, र सही दिशामा गरेको मेहनतको सकारात्मक फल मिल्नेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध गहिरो हुनेछ, र लभ पार्टनरसँग सुखद समय बिताउने अवसर पाउनुहुनेछ। वैवाहिक जीवनमा तालमेल राम्रो रहनेछ ।रक्तचापका बिरामीहरूले खानपान र जीवनशैलीमा अनुशासन अपनाउनु पर्छ।

अत्यधिक दौडधुपका कारण थकान महसुस हुन सक्छ। प्रतिस्पर्धात्मक परीक्षा तयारी गर्नेहरूलाई पढाइमा अवरोध महसुस हुन सक्छ। अपरिचित व्यक्तिमा सजिलै विश्वास नगर्नुहोस्। अनावश्यक रिस नियन्त्रण गर्नुहोस् र ठूलो ऋण लिनुपरेमा सोचविचार गरेर मात्र अघि बढ्नुहोस्।

उपाय– प्रत्येक दिन भगवान श्री गणेशको विधिपूर्वक पूजा गर्नुहोस् र “ॐ गं गणपतये नमः” मन्त्रको एक माला जप गर्नुहोस्

तुला राशि

यो हप्ता तपाईंका लागि शुभता र सौभाग्यले भरिपूर्ण रहनेछ। मेहनतको प्रतिफल घरमा र बाहिर दुवै ठाउँमा मान–सम्मान र सहयोगका रूपमा प्राप्त हुनेछ। विशेषगरी विदेशसँग सम्बन्धित व्यापार गर्नेहरूका लागि लाभको सम्भावना बलियो छ, र हप्ताको अन्त्यतिर विदेश यात्राका योग पनि देखिन्छन्।

व्यवसायमा योजनाबद्ध रूपमा अघि बढ्दा अपेक्षाभन्दा बढी लाभ हुनेछ। पुराना व्यापारिक सम्झौता पुनः सुरु हुन सक्छन्। शेयर बजार वा लगानीमा अचानक फाइदा हुने संकेत छ। हप्ताको मध्यतिर पैतृक सम्पत्ति वा जमिन–घरको विषयमा बढी दौडधुप भए पनि नतिजा तपाईँको पक्षमा आउनेछ। जागिरमा कार्यक्षेत्रमा प्रतिष्ठा बढ्नेछ, वरिष्ठहरूले तपाईँको मेहनतको प्रशंसा गर्नेछन् र नयाँ जिम्मेवारी पनि दिलाउन सक्छन्। हप्ताको उत्तरार्धमा व्यवसाय विस्तारको योजना सफल हुनेछ।

बुधवारपछि समय विशेष शुभ छ।पति–पत्नीबीच आपसी समझदारी र सहयोग बढ्नेछ, जसले वैवाहिक जीवन सुखमय बनाउनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। विद्यार्थीहरूको पढाइमा मन बस्नेछ र सकारात्मक नतिजा पाउने सम्भावना छ। पारिवारिक प्रतिष्ठा र सामाजिक मान बढ्नेछ।

स्वास्थ्य सामान्य रहनेछ तर हप्ताको सुरुमा कार्यक्षेत्रमा केही अस्थिरता महसुस हुन सक्छ। आत्म–अनुशासनमा कमी नआओस्। बुधवारको आसपास विशेष सावधान रहनुहोस ।मित्रहरुलाइ अत्यधिक भरोसा नगर्नुहोस्, अपमानजनक परिस्थितिहरूसँग सामना गर्नुपर्ने हुन सक्छ। ट्राफिक नियम अनिवार्य पालना गर्नुहोस्। आवेशमा आएर ठूलो निर्णय लिनु हानिकारक हुन सक्छ।

उपाय- प्रत्येक दिन स्फटिकको शिवलिङ्गमा सेतो चन्दन लगाएर पूजा गर्नुहोस् र “ॐ नमः शिवाय” मन्त्रको १०८ पटक जप गर्नुहोस्।

वृश्चिक राशि

यो हप्ता वृश्चिक राशिका जातकहरूका लागि सामान्य तर मिश्रित फल दिनेछ।व्यापारमा कुनै पनि ठूलो निर्णय लिँदा अरूको सुझावभन्दा आफ्नै विचारलाई प्राथमिकता दिनुहोस्। धार्मिक र आध्यात्मिक सोचले मनमा गहिरो प्रभाव पार्नेछ।

आम्दानीका नयाँ स्रोतहरू खुल्ने सम्भावना छ, विशेषगरी मिडिया, व्यवस्थापन, सूचना–प्रविधि र रचनात्मक क्षेत्रमा संलग्नहरूलाई लाभ हुने देखिन्छ। अदालत वा कानुनी मामिलामा सफलता मिल्ने संकेत छ। रहस्यमय वा अनुसन्धानात्मक विषयतर्फ आकर्षण बढ्नेछ।तर, केही चुनौती पनि आउनेछन्। अधिकारीहरूको व्यवहारले निराशा दिन सक्छ, पारिवारिक वातावरण कहिलेकाहीँ तनावपूर्ण हुन सक्छ।

नजिकका मानिसको व्यवहारले मन दुखाउन सक्छ, त्यसैले संवेदनशील विषयमा संयम अपनाउनु आवश्यक छ। बच्चाहरूप्रति कठोर हुनुभन्दा धैर्य देखाउनु राम्रो हुन्छ। राजनीतिसँग सम्बन्धित व्यक्तिहरूले आलोचना वा अपमानको सामना गर्न सक्ने सम्भावना छ।नोकरीमा, अरूको आलोचनामा ध्यान नदिई आफ्नो काममा पूर्ण एकाग्रता दिनु राम्रो हुनेछ।

हप्ताको सुरुमा मेहनत धेरै भए पनि नतिजा क्रमशः देखिन थाल्नेछ। मध्यतिर साना–साना कामका लागि बढी दौडधुप हुन सक्छ, यस क्रममा भावनामा बगेर ठूलो निर्णय लिनु हानिकारक हुन सक्छ। बोलचाल र व्यवहारमा सजग रहनुहोस्।

हप्ताको उत्तरार्धमा अनावश्यक विवादबाट टाढा रहनुहोस्, किनकि यसले महत्वपूर्ण काममा असर पार्न सक्छ। सम्बन्धहरूमा उतार–चढाव रहनेछ—कतिपय अवस्थामा दूरी बढ्ने, कतिपयमा पुनः मेलमिलाप हुने। प्रेम सम्बन्धमा पार्टनरसँग विश्वास कायम राख्नु चुनौती हुन सक्छ, तर धैर्य र स्पष्टताले सम्बन्धलाई मजबुत बनाउन सकिन्छ।

उपाय– प्रत्येक दिन भगवान हनुमानजीको पूजा गरी बजरंग बाणको पाठ गर्नुहोस्।

धनु राशि

यो हप्ता तपाईंका लागि अत्यन्त शुभ र लाभदायक रहनेछ। सोचिएको कामहरू समयमै सफल हुनेछन् जसले तपाईंमा उत्साह र ऊर्जा थप्नेछ। हप्ताको सुरुवात व्यवसायमा ठूला अवसर र आर्थिक लाभ लिएर आउनेछ। बजारमा फसेको धन अप्रत्याशित रूपमा मुक्त हुने सम्भावना छ।

पूर्वमा गरिएको लगानीबाट ठूलो लाभ पाउनुहुनेछ। समग्रमा आर्थिक दृष्टिले यो हप्ता निकै राम्रो रहनेछ।हप्ताको उत्तरार्धमा भौतिक सम्पत्तिमा ठूला खर्च गर्नुपर्ने हुन सक्छ—नयाँ घर, जग्गा वा सवारी साधनको प्राप्ति हुनेछ। जागिरमा अनुकूलता रहन्छ र वरिष्ठ अधिकारीहरूको पूर्ण आशीर्वाद पाउनुहुनेछ। हप्ताको अन्त्यतिर महत्वपूर्ण पद वा जिम्मेवारी प्राप्त हुने संकेत छ।प्रेम जीवन अत्यन्त शुभ रहनेछ। अविवाहित व्यक्तिहरूको आकर्षण बढ्नेछ र कुनै नयाँ मित्रता प्रेममा परिणत हुन सक्छ।

दाम्पत्य जीवनमा मधुरता कायम रहनेछ। परिवारसँग सुखद समय बित्नेछ। धार्मिक यात्राको अवसर पनि मिल्नेछ।हप्ताको मध्यतिर नयाँ सवारी साधन किन्न सक्नुहुन्छ। बाधाहरू हट्नेछन् र राम्रो जीवनशैलीको आनन्द लिन सक्नुहुनेछ। विवाहयोग्य सन्तानले विवाह प्रस्ताव पाउने सम्भावना छ।

स्वास्थ्य र मानसिकतामा हप्ताको सुरुवात अलि कमजोर हुन सक्छ। सम्बन्धमा सन्तुलन बिग्रन सक्छ र जिम्मेवारीको बोझ बढेर तनाव आउन सक्छ। जीवनसाथीको व्यवहारमा असन्तुष्टि हुन सक्छ। नकारात्मक सोचबाट बचेर आत्मनिरीक्षण गरी समस्याको समाधान खोज्नुपर्छ। आइतबार र शुक्रबार विशेष रूपमा कमजोर दिन हुनसक्छ।

उपाय – प्रतिदिन भगवान् विष्णुको पूजा गरी श्री विष्णु सहस्रनाम पाठ गर्नुहोस्।

मकर राशि

यो हप्ता तपाईं जीवनका महत्त्वपूर्ण निर्णयमा अलमलमा पर्न सक्नुहुन्छ। आफ्ना र अरूको भिन्नतालाई बुझ्न कठिनाइ हुन सक्छ। प्रतिस्पर्धी वा विरोधीहरूले तपाईंको कमजोरीको फाइदा उठाउने प्रयास गर्न सक्छन्। नशा वा अस्वस्थकर भोजनबाट टाढा रहनु आवश्यक छ, नत्र स्वास्थ्यमा समस्या आउन सक्छ र अस्पताल जानुपर्न सक्छ।

सप्ताहको मध्यतिर परिवारमा साना विवादहरू हुने सम्भावना छ। दाजुभाइ दिदीबहिनीहरूबाट अपेक्षित सहयोग कम मिल्न सक्छ। व्यावसायिक यात्रामा स्वास्थ्य र सामानको ख्याल राख्न आवश्यक छ। व्यवसायिक योजनाहरू कार्यान्वयनमा केहि बाधा आउन सक्छन्। खर्च आम्दानीभन्दा बढी हुन सक्छ, त्यसैले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस्।प्रेम सम्बन्धमा आफ्नो लव पार्टनरमाथि हावी हुनबाट बच्नुहोस्, नत्र सम्बन्धमा दूरी आउन सक्छ।तपाईंको दैनिक दिनचर्या राम्रो रहनेछ र बुद्धि तथा दूरदर्शिताका साथ लिएका निर्णयहरू लाभदायक हुनेछन्।

व्यवसाय चलाउन नयाँ नियमहरू बनाउनुपर्ने हुन सक्छ। खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई शुभ फल प्राप्त हुनेछ। प्रेम सम्बन्धमा वृद्धि हुनेछ र साथीहरूसँग पुराना सम्झनाहरू बाँडिनेछन्। परिवारसँग समय बिताएर मिठा परिकारहरूको आनन्द लिनु हुनेछ। सप्ताहको अन्त्यतिर आम्दानी बढ्नेछ।

आफ्ना विचारहरूमा जिद्दी नबस्नुहोस् र सोच्नुहोस् कि तपाईंले सोचेजस्तो कुरा सधैं सत्य नहुन सक्छ। जीवनसाथीप्रति शंका नराख्नुहोस्। घरमा साना झगडा हुनसक्छ। स्वास्थ्यमा असुविधा भए चिकित्सकको परामर्श लिनुहोला। विद्यार्थीहरूले आफ्नो रुचिअनुसार सीप विकास गर्नेछन्।

उपाय– प्रतिदिन भगवान शिवलाई जल र बेलपत्र अर्पण गरी शिवाष्टकं पाठ गर्नुहोस्।

कुम्भ राशि

यो हप्ता अत्यन्त शुभ रहनेछ । यो हप्ता व्यवहार र निर्णयमा परिपक्वता देखिनेछ। जिम्मेवारीहरू निभाउन सक्ने क्षमता बलियो हुनेछ। कुनै रोकिएका कामहरूमा सफलता प्राप्त हुनेछ। जागिरमा वरिष्ठ अधिकारीहरूको सहयोग पाउनु हुनेछ। व्यवसायमा विशेष गरी भूमि वा भवनसँग सम्बन्धित लगानीबाट लाभ मिल्नेछ। कार्यस्थलमा नयाँ रणनीतिहरू अपनाउनु लाभदायक हुनेछ।

हप्ताको सुरुमा शुभ समाचार प्राप्त हुन सक्छ र भाग्य पूर्ण रूपमा साथ दिनेछ। बुद्धिमान र सफल व्यक्तिहरूसँग सहकार्यको अवसर मिल्नेछ। विवाहयोग्य व्यक्तिहरूको विवाह वा सगाई निश्चित हुन सक्छ। जागिर खोज्ने युवाहरूका प्रयास सफल हुनेछन्। सम्पत्ति र सवारी साधन सम्बन्धी फाइदा हुनेछ। व्यापारमा केही परिवर्तन गर्ने योजना बनाउन सक्नुहुनेछ। महिलाहरूका लागि यो हप्ता विशेष शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ जिम्मेवारी पाउँदा खुशी मिल्नेछ।

तर, प्रशासनसँग सम्बन्धित क्षेत्रमा चुनौतीहरू पनि आउन सक्छन्। उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरूले केही बाधा अनुभव गर्न सक्छन्। मनमा उतार-चढाव हुन सक्छ, मनोरञ्जनले सहयोग पुर्‍याउनेछ। साथीहरूले अपेक्षा अनुसार साथ नदिन सक्छन्। कसैमा विश्वास गरेर लगानी नगर्नु बुद्धिमानी हुनेछ।घर परिवारबाट सहयोग प्राप्त हुनेछ। केही पारिवारिक मतभेद भए पनि संवादबाट समाधान खोज्न सकिनेछ।

प्रेम सम्बन्धमा स्थिरता रहनेछ। कुनै इष्ट मित्र वा प्रभावशाली व्यक्तिको सहयोगले लामो समयदेखि चलेको समस्या समाधान हुनेछ। परिश्रमको परिणाम आशानुसार सकारात्मक हुनेछ। हप्ताको सुरुमा धन लाभका नयाँ स्रोतहरू खुल्नेछन्। जागिर वा व्यवसाय सम्बन्धी शुभ समाचार प्राप्त हुनेछ। पदोन्नति वा मनपर्ने स्थानमा स्थानान्तरणको सम्भावना छ। व्यवसाय विस्तार हुने र बजारमा प्रतिष्ठा बढ्नेछ।

सप्ताहको मध्यतिर कुनै उच्च व्यक्तिसँग सम्पर्क हुने र भविष्यमा लाभदायक योजनामा सहभागी हुने अवसर प्राप्त हुनेछ। घर र बाहिर दुवै ठाउँबाट सहयोग र समर्थन पाइनेछ। परिवारमा एकता र विश्वास कायम रहनेछ। सन्तानसम्बन्धी सुखद समाचार पनि प्राप्त हुन सक्छ। प्रेम सम्बन्ध लाभप्रद रहनेछ।

उपाय- प्रतिदिन भगवान् शिवको पंचाक्षरी मन्त्र “ॐ नमः शिवाय” १०८ पटक जप गर्नुहोस्।

मीन राशि

यो हप्ता सौभाग्यशाली रहनेछ। आर्थिक रूपमा मजबूती आउन सक्छ। पुराना योजनाहरूमा कार्य सुरु भएर मनमा संतोष हुनेछ। धार्मिक वा मांगलिक कार्यहरूमा व्यस्तता बढ्न सक्छ। हप्ताको मध्यतिर कुनै महिला मित्र वा प्रभावशाली महिलाको सहयोगले करियर वा व्यापारमा ठूलो समस्या समाधान हुनेछ।नौकरी गर्नेहरूलाई मेहनत अनुसार लाभ र सीनियरबाट प्रशंसा प्राप्त हुनेछ। बोनस पाउने सम्भावना पनि छ। कुनै सहयोगीको मद्दतले राम्रो अवसर प्राप्त हुनेछ।

नयाँ व्यवसायमा लगानीका योगहरू पनि छन्।तर हप्ताको शुरुवातमा केही चुनौतीहरू पनि देखिन्छन्। पैसाको अनावश्यक खर्चले तपाईंलाई केही आर्थिक दबाबमा पार्न सक्छ। पुराना समस्याहरू जसको समाधान नहुँदा तपाईं निराश र तनावमा पर्न सक्नुहुन्छ। परिवारका सदस्य, विशेष गरी आमाबाबुको स्वास्थ्यप्रति चिन्ता बढ्न सक्छ, जसले तपाईंको मानसिक शान्तिमा असर पुर्‍याउन सक्छ। आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिन आवश्यक छ किनकि केही रोगहरू देखिन सक्छन्।

नकारात्मक विचारले तपाईंको कामको गुणस्तरमा गिरावट आउन सक्छ। बोलचालमा केही तीक्ष्णता आउन सक्छ, जसले नयाँ सम्पर्कहरू बिग्रने खतरा हुन्छ।यसकारण, यो हप्तामा संयम र धैर्य अपनाउनु अत्यन्त जरूरी छ। विवादहरूलाई टार्दै, प्रेम र समझदारीका साथ सम्बन्धहरू सुधार्न प्रयास गर्नुहोस्।हप्ताको अन्त्यतिर लामो दूरीको यात्रा सम्भव छ। विद्यार्थीहरूले परीक्षा/प्रतियोगितामा मनपरेको सफलता पाउनेछन्।

आत्मविश्वासमा वृद्धि हुनेछ। परिवारमा सुख-सुविधा बढ्नेछ। जीवनसाथीसँग सम्बन्ध बलियो हुनेछ। प्रेम सम्बन्धमा विश्वास र नजिकत्व बढ्नेछ।स्वास्थ्य सामान्य रहनेछ तर सवारी चलाउँदा सतर्कता अपनाउनुपर्नेछ।

उपाय- प्रतिदिन शिवलिंगमा केसर र मिश्री मिसाएको दूध अर्पण गर्नुहोस् र महामृत्युंजय मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ।

Logo