बाँकेमा दुई सातामा ३ बालिका बलात्कार, ‘साईबाबा’ पक्राउ

बाँकेमा दुई सातामा ३ बालिका बलात्कार, ‘साईबाबा’ पक्राउ

केन्द्रबिन्दु
0
Shares

बालिका बलात्कारको आरोपमा झारफुकको काम गर्ने एक तान्त्रिक झाक्री पक्राउ परेका छन् । 

नेपालगञ्ज –४, देवाफूलबारीका आफूलाई साईबाबा बताउने ४६ वर्षीय व्यक्तिलाई पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीमाथि बर्दियाको जमूनी घर भएकी १५ वर्षीया बालिकालाई झारफुकको बहानामा बलात्कार गरेको आरोप लागेको छ । 

अधिकारी थरका व्यक्तिले केही समयअघिदेखि नेपालगञ्जमा ज्योतिषको काम गर्दै आएका छन् । बाँकेमा दुई साताभित्र भएको यो तेश्रो बालिका बलात्कारको घटना हो । कोहलपुरमा यसअघि दुई बालिका आफन्तबाटै बलात्कृत भएको सार्वजनिक भएको थियो ।

Skip This
Skip This
Logo