झापाको भद्रपुरमा युवाहरुले अर्धनग्न विरोध प्रदर्शन गरेका छन् । यसअघि सिंहदरबारअगाडि नाङ्गो विरोध प्रदर्शन गरेर चर्चामा आएका बिकेन लिम्बूसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रर्दशन गरेका हुन्।
लिम्बूको नेतृत्वमा चेतनशील युवा समूहका युवाहरुले भद्रपुर बसपार्कबाट अर्थनग्न विरोध र्याली निकाल्दै भद्रपुर बजार परिक्रममा गर्दै भद्रपुर नगरपालिकाअगाडि पुगेर विरोध प्रदर्शशन गरेका थिए। उनीहरुले नगरपालिकाको खर्चमा तिजको कार्यक्रम गर्न लागेकाले बिरोध जनाउनु परेको बताएका छन् । ‘सबै धर्म एक हो, सबै धर्मलाई सम्मान गर्नुपर्नेछ।’लिम्बुले बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै भने ।





























प्रतिक्रिया