काठमाडाैं उपत्यकासहित देशका केही स्थानमा आज बिहानैदेखि वर्षा, दिनभरकाे माैसम कस्ताे रहला ?

काठमाडाैं उपत्यकासहित देशका केही स्थानमा आज बिहानैदेखि वर्षा, दिनभरकाे माैसम कस्ताे रहला ?

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । काठमाडाैं उपत्यकालगायत देशका केही स्थानमा आज बिहानैदेखि वर्षा भैरहेकाे छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै, रातिको समयमा भने देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेश लगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Logo