काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ ।
न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको हाे । मुद्धामा आज नै आदेश आउन सक्ने बताइएको छ ।
गत चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि लामिछाने रुपन्देही कारागारमा रहेका छन् । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।





























प्रतिक्रिया