शिशिर खनालकाे प्रश्न- लिचीबारी घुस, कुलिङ पिरियड प्रकरणमा किन भएन कारबाही ?

शिशिर खनालकाे प्रश्न- लिचीबारी घुस, कुलिङ पिरियड प्रकरणमा किन भएन कारबाही ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले भिजिट भिसापछि लिचीबारीदेखि कुलिङ पिरियडमाथि बदमासीसम्मको प्रकरणमा कारबाही नभएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘हामी दुई महिना भन्दा लामो समय देखि “भिजिट भिसा” को नाम मा भइरहेको मानव तस्करीका विरुद्ध उच्चस्तरीय स्वतन्त्र छानबिन समिति माग गरेर आन्दोलित भइराख्दा, “लिचीवारि” बेच्ने अडियो टेप आयो, पासपोर्टको छपाइमा भागबन्डा भएको खबर बाहिरियो, कुलिंङ पिरियडको बदमासी को जिम्मेवारी लिनु पर्ने निष्कर्ष निस्कियो। र पनि संसद् मौन छ र उल्टै विपक्षीको आवाज लाई निस्तेज पार्न प्रयास हुन्छ ।’

भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकारले मुलुक र लोकतन्त्रलाई दुर्घटनातर्फ लैजाने उनकाे भनाइ छ ।

Skip This
Skip This
Logo