काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभित्रका कारागारहरूको अनुगमन गरी कारागार व्यवस्थापनमा सुधार गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।
आयोगले हालै रुपन्देही कारागारको अनुगमन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको कोठा स्वास्थ्यका दृष्टिकोणले अनुपयुक्त रहेको पाइएको जनाएको छ।
आयोगका सदस्य डा. विष्णु गिरीको टोलीले गरेको अनुगमनका क्रममा लामिछानेलाई राखिएको कोठाको भित्तामा प्लास्टर नभएको, हावा पास हुने अवस्था नरहेको र कोठाबाहिर हेर्नबाट समेत वञ्चित गरिएको पाइएको छ । यसका साथै, कोठाको कुनामा ट्वाइलेट रहेको र बाहिरको ट्वाइलेट उपभोग गर्न नदिइएको, अदालतबाट स्थानान्तरणको आदेश हुँदा पनि लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको आयोगले जनाएको छ।
रुपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, बिरामी र ८ नागरिकलाई छुट्टै राख्ने व्यवस्था नभएको, नागरिक सुरक्षाको अभाव रहेको, पाहुनाका लागि शिशुको उचित व्यवस्था नभएको, तथा कारागारको कार्यदक्षतामा पर्याप्त बजेटको अभाव रहेको पनि अनुगमनमा पाइएको छ।































प्रतिक्रिया