काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।
बयालपाटा अस्पतालमा आयोजित एक समारोहमा सांग्रिला डेभलपमेन्ट बैंक साँफेबगर शाखाका शाखा प्रबन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा अस्पतालका निर्देशक डा. पाठकले नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा बिरामीको उपचारका लागि अक्सिजन व्यवस्थापन गर्न सहज हुने बताए । ५० बेडको यस अस्पतालमा दैनिक २ सयदेखि २ सय ५० जनासम्म र वार्षिक ७० देखि ८० हजारसम्म बिरामीले उपचार सेवा लिने गरेको निर्देशक डा.पाठकले जानकारी दिए ।
सांग्रिला डेभलपमेन्ट बैंंकले आ.व. २०८०/८१ को सामाजिक संस्थागत उत्तरदायित्व (सीएसआर) अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका– ३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र र रोल्पाको सुनिल स्मृति गाउँपालिका– ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक/एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको छ ।
आम नागरिकको विश्वास र भरोसाका कारण यस सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।































प्रतिक्रिया