टोटेनह्यामलाई हराउँदै पीएसजीले जित्यो यूईएफए सुपर कपको उपाधि

टोटेनह्यामलाई हराउँदै पीएसजीले जित्यो यूईएफए सुपर कपको उपाधि

केन्द्रबिन्दु
108
Shares

काठमाडाैं । च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट-जर्मेनले यूईएफए सुपर कपकाे उपाधि जितेकाे छ । गएराति भएकाे फाइनल खेलमा पीएसजीले युरोपा लिग विजेता टोटेनह्याम सँगको २-२ को नाटकीय बराबरीपछि पेनाल्टी सुटआउटमा ४-३ को जित निकाल्दै यूईएफए सुपर कपको उपाधि उचालेकाे हाे ।

टोटेनह्यामले खेलको सुरुवातमा नै बलियो प्रदर्शन गर्‍यो। खेलको ३९ औं मिनेटमा मिकी भ्यान डे भेनले पहिलो गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफको सुरुवातमै क्रिस्टियन रोमेरोले ४८ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

तर, पीएसजीले खेलको अन्तिम मिनेटहरूमा शानदार पुनरागमन गर्‍यो। ८५ औं मिनेटमा ली काङ-इनले निर्णायक गोल गर्दै टोलीमा आशा जगाए। त्यसपछि, गोन्कालो रामोसले अतिरिक्त समयको ९४ औं मिनेटमा बराबरी गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा धकेलियो।

पेनाल्टी सुटआउटमा पीएसजीले आफ्ना चार प्रहारलाई गोलमा परिणत गर्‍यो भने टोटेनह्यामले तीन प्रहार मात्र सफल बनाउन सक्यो।

Logo