संसद बैठक छाडेर कहाँ जान्छन् सांसद ?

संसद बैठक छाडेर कहाँ जान्छन् सांसद ?

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । गणपूरक संख्या नपुगेपछि बुधबारको प्रतिनिधिसभाको बैठक स्थगित भयाे । प्रतिनिधिसभाको हिजोको बैठकमा सभामुख देवराज घिमिरेले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । संविधानको धारा ९४ मा कुनै पनि प्रतिनिधि सभामा निर्णयार्थ पेस गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्छ । बुधबारको बैठक यही एक चौथाइ सांसद अर्थात, गणपुरक संख्या नपुगेर स्थगित भएको हाे ।

विपक्षी दलको तर्फबाट गणपुरक संख्या रहे/नरहेको यकिन गर्न माग गरेपछि बैठक रोकी ३ मिनेटको जनाउ घण्टी बजाई आसपास रहेका संसदहरुलाई हल प्रवेशको सुचना दिए र गणना गर्दा सभामा ६६ जना मात्रै उपस्थित रहेको यकिन भयो । गणपूरक संख्या अपुग भएको देखिँदा बाँकी कार्यक्रम सूचीबाट हटाएको जानकारी गराएसँगै बिहीबार दिउँसाे १ बजे बस्ने गरी बैठक स्थगित भएको भयो । २७५ सदस्यीय सभामा एक चौथाइ अर्थात ६९ जना सांसद् भए मात्रै कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न सकिने संवैधानिक व्यवस्था छ ।

रास्वपा र राप्रपाले संसद बहिस्कार गरिरहेका छन् भने प्रतिनिधिसभामा कांग्रेस र एमालेको संख्या झन्डै दुई तिहाइ रहेको छ । कांग्रेसका ८८, एमालेका ७८ गरी १६४ जना सांसद रहेका छन् । सरकारमा रहेका जसपाका ७ जना र लोसपाका ४ जना सांसद छन् । संसद्मा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा कोरम पु-याउने जिम्मा सत्तारूढ दलहरूकै हुन्छ ।

बुधबारकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानमा भएको भूपरिवेष्टित विकासशील राष्ट्रको तेस्रो राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिता र मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे सदनलाई जानकारी गराउदा सबैजसो मन्त्री, सत्तापक्षका अधिकांश सांसद उपस्थित थिए । सांसद बैठकमा आउने, हाजिरी लगाउने र तलब भत्ता पकाएर बाहिरिने गरेको छन बैठकमा अनुपस्थित हुने सांसद बढीजसो सत्ता पक्षकै संसद रहेका छन् ।

सरकारको नेतृत्व गरिरहेको एमालेका मुख्य सचेतक महेश बर्तौला र संसद्को ठूलो दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे आफ्ना सांसदका क्रियाकलापले आजित भएको बताउँछन् । उनीहरुका अनुसार कुनै जानकारी नदिई संसद बैठक छाड्ने गरेका छन् । कोही सांसदहरू बैठक छाडेर दलको कोठा वा क्याफेटेरियामा आफ्नै दलका नेतासँग गोप्य बैठकमा हुने, कोही मिडियाले बोलाएपछि बैठक बीचमै बाहिर गएर पत्रकारसँग कुरा गर्दै गरेका भेटिन्छन् भने धेरै सांसदहरू ‘अनौपचारिक बैठक स्थल’ मा व्यस्त भएको पाइन्छ ।

कतिपय सांसद आफैंको अफिस वा निजी व्यवसायको कामका लागि बाहिर निस्कन्छन् भने काठमाडौंमै हुने अन्य कार्यक्रममा भाग लिन र घरायसी काममा लागेर बैठकमा उपस्थित नहुने गरेको पाइएको छ ।

Skip This
Skip This
Logo