काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ महिनामै दुई छिमेकी मुलुक चीन र भारतका भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओली भदौ १४ गते (अगस्त ३०)मा बेइजिङ भ्रमणमा जाने भएका हुन् । सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन् । भदौ १५ र १६ गते सांघाई सम्मेलन हुनेछ।
यसअघि प्रधानमन्त्री ओलीले मंसिर १७ गते चीनको चारदिने औपचारिक भ्रमण गरेका थिए ।
प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा पनि जाँदैछन्। भदौ ३१ गते भारत भ्रमणमा गएर असोज १ गते काठमाडौं फर्किने कार्यक्रम तय भएको छ।





























प्रतिक्रिया