काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापालाई भरत ताल निर्माणमा भ्रष्टाचार प्रकरणमा ८ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना निर्धारण भएको छ।
साउन २१ गते विशेष अदालतले मेयर थापा, कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेल तीनै जनाले बागमती नगरपालिकामा भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) हिनामिना गरेको भन्दै भ्रष्टाचार ठहर गरेको थियो।
विशेष अदालतले भ्रष्टाचार ठहर गरेर बिहीबार तीनै जनालाई सजायसमेत निर्धारण गरेको हो। थापा, पोखरेल र पौडेललाई ८ वर्ष कैद सजाय निर्धारण भएको हो। साथै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ क्षतिपूर्ति भराउन भनिएको छ।
माछापोखरीको नाममा सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी गैरकानुनी रूपमा ढुंगा, गिटी, बालुवा, माटो उत्खनन, बिक्री–वितरण तथा पोखरी निर्माणमा ५६ करोड करोडौं रुपैयाँ हानि–नोक्सानी पुर्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ ।































प्रतिक्रिया