काठमाडौं । चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले पूर्वअर्थमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका छन् । शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा बोल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली निकटका कार्यकर्ताहरुले नेता पाण्डेमाथि दुव्र्यवहार गरेका हुन् । नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोलिरहेका बेला नेता पाण्डेलाई कमिटीभन्दा बाहिरबाट आएका १५ २० जनाको समूहले बैठकमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए ।
नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओली विरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेका विरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याएका थिए ।





























प्रतिक्रिया