वामदेव गौतम पक्षका तीन जनालाई नेकपा एसको पोलिटब्युरो सदस्य, १३ जनालाई केन्द्रीय सदस्य

वामदेव गौतम पक्षका तीन जनालाई नेकपा एसको पोलिटब्युरो सदस्य, १३ जनालाई केन्द्रीय सदस्य

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सम्मानित नेता वामदेव गौतम पक्षका तीन जनालाई पोलिटब्युरो सदस्य बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी एकीकृत समाजवादीको सचिवालय बैठकले गौतम पक्षका तुलसा थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गरेको हो ।

यसैगरी गौतम पक्षका १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । गौतमसहित पोलिटब्युरो सदस्यत्रय डीबी कार्की, लोकनाथ धमला, तुलसी थापाका साथै भगवती विष्ट, दुर्गादत्त भण्डारी, इमानसिंह भारती, रवीन्द्र वन, तोफा यादव, विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय समितिमा लगिएको हो।

गौतम हालै मात्र एकीकृत समाजवादीको तेस्रो वरियतामा रहनेगरी समाहित भएका थिए।

Logo