मनोहराको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले चलायो डोजर

मनोहराको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले चलायो डोजर

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । काठमाडौं र भक्तपुरको सीमानामा पर्ने मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा बनेको नयाँ घरहरुमा महानगरले डोजर चलाएर अवैध संरचनाहरु भत्काएको हो । काठमाडौं महानगरको नगर प्रहरीको टोली मनोहराको सुकुम्बासी बस्तीमा पुगेका थिए ।

सुकुम्बासी बस्तीमा बनेको घरहरु भत्काउन नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेका छन् । नेपाल प्रहरीको टोली पनि सुरक्षाको लागि पुगेको छ । डोजर चलाउँदा प्रहरी र सुकुम्बासी हरुबीच झडप नै भएको थियो ।

Logo