एनटीएसले नेपाललाई दियाे १७८ रनको लक्ष्य

एनटीएसले नेपाललाई दियाे १७८ रनको लक्ष्य

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गतको खेलमा स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइक (एनटीएस)ले नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड—२ मा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको एनटीएसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको हो। एनटीएसको लागि कप्तान शर्टले ३४ बलमा ७ चौका र एक छक्का मदतमा सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले।

त्यसैगरी टम एन्ड्रयुजले अविजित ३२ रन जोडे भने जोर्डन सिल्कले १९ रन बनाए । कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ तथा जेक वेदराल्डले ११ रन बनाए ।

नेपालका लागि बलिङमा सन्दीपले सर्वाधिक ३ विकेट लिए। साहब आलमले २ विकेट लिँदा रुपेश कुमार सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १-१ विकेट लिए।

Skip This
Skip This
Logo