काठमाडौंमा डेंगु संक्रमणबाट एक युवतीको मृत्यु

काठमाडौंमा डेंगु संक्रमणबाट एक युवतीको मृत्यु

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । काठमाडौंमा डेंगु संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो ।

डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । आईसीयूमा राखेर उपचार गरेपनि अस्पताल आउँदा नै उनकाे अवस्था जटिल भएका कारण उपचारकै क्रममा निधन भएकाे हाे ।

यस वर्ष डेंगुबाट मृत्यु भएको यो पहिलोपटक हो । यस वर्ष हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् ।

Logo