आइएसटी स्कुलद्वारा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलक्षित ओरिएन्टेसन कार्यक्रम सम्पन्न

आइएसटी स्कुलद्वारा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलक्षित ओरिएन्टेसन कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । नेपालको पर्यटन र होटल व्यवस्थापन क्षेत्रमा अग्रणी शैक्षिक संस्था इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) अन्तर्गतको आइएसटी सेकेन्डरी स्कुलले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलक्षित भव्य ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित उक्त कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई स्कुलको शैक्षिक वातावरण, अवसरहरू र अनुशासनबारे जानकारी प्रदान गर्दै उत्साहपूर्ण स्वागत गरेको हाे ।

कार्यक्रममा स्कूलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नरेन्द्र बज्राचार्य, निर्देशक तेज बहादुर ढकाल, प्रिन्सिपल सम्झना बस्न्यात, कक्षा १२ का विद्यार्थीहरू र कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । निर्देशक तेज बहादुर ढकालले विद्यार्थीहरूलाई प्रभावकारी पढाइ र सिकाइका लागि दुई महत्वपूर्ण सुझाव दिए । आफ्नो छोराको अनुभवलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले पढेको कुरालाई दीर्घकालसम्म स्मरणमा राख्ने कला पनि सिकाए ।

सीइओ नरेन्द्र बज्राचार्यले नेपालको पर्यटन र होटल व्यवस्थापन क्षेत्रमा खर्बौंको लगानी भइरहेको उल्लेख गर्दै यो क्षेत्रमा क्यारियर बनाउन चाहने विद्यार्थीहरूका लागि अपार सम्भावनाहरू रहेको बताए । उनले आइएसटीले शैक्षिक उत्कृष्टताका साथै अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुने अवसर प्रदान गर्ने पनि बताए ।

प्रिन्सिपल सम्झना बस्न्यातले पर्यटन र होटल व्यवस्थापन क्षेत्रमा स्नातक पूरा गरेपछि अनगिन्ती अवसरहरू प्राप्त हुने बताइन् । साथै, स्कुलमा अनुशासनलाई पहिलो प्राथमिकता दिइने उल्लेख गर्दै उनले विद्यार्थीहरूलाई कक्षा समयमा मोबाइल फोन प्रयोग नगर्न र शैक्षिक वातावरणमा ध्यान केन्द्रित गर्न अनुरोध गरिन् ।

कार्यक्रमलाई थप जीवन्त र रमाइलो बनाउन कक्षा १२ का विद्यार्थीहरूले नृत्य र गायनका आकर्षक प्रस्तुतिहरू राखेका थिए । यी प्रस्तुतिहरूले नयाँ विद्यार्थीहरूलाई स्कूलको रचनात्मक र उत्साहपूर्ण वातावरणसँग परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

आइएसटी सेकेन्डरी स्कूलले नेपालको पर्यटन र होटल व्यवस्थापन शिक्षा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएको छ । यो स्कुलले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा, व्यावसायिक सीप र व्यक्तिगत विकासका अवसरहरू प्रदान गर्दै आएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यो ओरिएन्टेसन कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो भविष्य निर्माण गर्न प्रेरित गरेको छ ।

Skip This
Skip This
Logo