काठमाडाैं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले अहिले एमालेमा कुनै गुट नरहेको बताएका छन् ।
गृह जिल्लामा रहेका भट्टराईले प्रेस चौतारी ताप्लेजुङद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताएका हुन् । देशको आवश्यकताले एमाले र नेपाली कांग्रेसको गठबन्धन सहितको सरकार बनकाले आगामी निर्वाचनसम्म यही सरकार रहने उनको भनाइ छ।
‘देशमा विषम परिस्थिती सिर्जना भएकोले गत वर्ष एमालेको नेतृत्वमा सरकार गठन भएको हो,’ भट्टराईले भने, ‘सरकारले देशको आर्थिक स्थिति अन्तर्राष्ट्रिय सम्बन्ध मजबुद बनाएको छ। कतिपय कानुन संशोधन गरेको छ। विकासका कामलाई तिव्रता दिएको छ।’
पछिलो कही समय यता ताप्लेजुङ जिल्लामा माथिभरा केवलकार र विभिन्न हाईड्रोहरुको निर्माण कार्यमा अवरोध भइृरहेको थर्फ संकेत गदैृ जिल्लामा चालु रहेका र आउन चाहेका विकासका ठूला परियोजनालाई कतैबाट पनि अवरोध गर्नु नहुने समेत बताए ।





























प्रतिक्रिया