मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत मेलबर्न स्टार्स एकेडेमीले टप एन्ड टी–२० सिरिजमा चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन जोडेको हो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले । ४७ बलमा उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, ओपनर थोमस रोजर्सले ६५ रनको योगदान गरे ।

सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।

यसअघि खेलेका दुवै खेलमा पराजय भोगेको नेपाली टोलीले यो तेस्रो खेलमा पहिलो जित हासिल गर्ने लक्ष्य राखेको छ । नेपाली टोलीले सिरिजको पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकविरुद्ध प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नर्दर्न टेरिटोरीले १७७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल १३५ रनमै अलआउट हुँदै ४२ रनको हार बेहोरेको थियो ।

यस्तै, दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ टोलीविरुद्ध १८७ रनको लक्ष्य पछ्याएको थियो । तर, नेपाली टोली १५४ रनमै समेटिएर ३२ रनले पराजित भयो ।

यता मेलबर्न स्टार्स एकेडेमीले भने सिरिजमा बलियो प्रदर्शन गरिरहेको छ । टोलीले होबार्ट हरिकेन्स एकेडेमीलाई ६ विकेट र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ४ रनले पराजित गरिसकेको छ । यस टोलीमा बिग बास लिग (बीबीएल) र अस्ट्रेलियाको उमेर समूहमा प्रतिनिधित्व गरिसकेका खेलाडीहरू समावेश छन् । यो तेस्रो खेलमा मेलबर्न स्टार्स आफ्नो ह्याट्रिक जितको लक्ष्यमा रहनेछ भने नेपालले हारको शृङ्खला तोड्ने प्रयास गर्नेछ ।

Skip This
Skip This
Logo