काठमाडौं । डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू ग्रुपले भृकुटीमण्डमा सुरु भएको नाडा अटो शोमा आफ्नाे पहिलो एसयूभी नामी-०६ सार्वजनिक गरेकाे छ ।
नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध एसयूभीको इन्ट्री भेरियन्ट ई-२ को मूल्य ३७ लाख ९९ हजार र ई-२ प्लसकाे मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ सुरू गरिएको छ ।
नामी-०६ मा ९९ किलोवाट क्षमताको मोटर छ । डोङफेङले यसमा एसयूभीलाई ४४.९ र ५१.८७ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । यसको टप भेरियन्टले ३५० किलोमिटर रेन्ज दिने इनइडीसीले प्रमाणित गरेको छ ।
यसको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र उचाइ १६४५ एमएम छ । यसमा रहेको २७१५ एमएम लामो ह्वीलबेसले आरामदायी यात्राको लागि सहयोग गर्छ । यसको साइज देख्दा अधिकांश घरायसी पार्किङमा सहजै पार्क गर्न सकिने कम्पनीकाे भनाइ छ ।
यस एसयूभीमा टी आकारमा सजिएको एलईडी हेडल्याम्प पाउन सकिन्छ । स्प्लीट टेलगेट, १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, वायरलेस चार्जर, हिटेड र भ्येन्टिलेटेड सिट दिइएको छ ।
एडास फिचर सहित उपलब्ध नामी-०६ एसयूभीमा पानारोमिक भिजन रुफ, फोल्डेबल सिट, १२८ कलरमा सजिएको एम्बियन्ट लाइट पाउन सकिन्छ । टु स्पोक स्टेरिङ ह्वील, मिनिमल डिजाइनमा तयार भएको क्याबिन र लेदर सिट दिइएको छ ।































प्रतिक्रिया