काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै पुतलीसडकमा अवस्थित ब्रिलियन्ट एजुकेसन करिअर सर्भिसेसले ‘एड्मिसन डे’ आयोजना गरेको छ ।
एड्मिसन डे भदौ ४ गते बुधबार पुतलीसडकस्थित केन्द्रिय कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ । मेलामा विभिन्न मुलुकका १० भन्दा बढी ख्यातीप्राप्त विश्वविद्यालय र कलेजका प्रतिनिधि सहभागी हुनेछन् ।
विदेश पढ्न जाने विद्यार्थीहरुको चाहना र सही गन्तव्यको लागि परामर्श दिंदै आएको ब्रिलियन्ट एजुकेशनकी निर्देशक कल्पना बस्नेतले बताइन् । ‘विदेश गएर पढ्न चाहने विद्यार्थीहरुका लागि एड्मिसन डे एउटा उत्कृष्ट अवसर हुनेछ,’ उनले भनिन्, ‘यसबाट विद्यार्थीले गन्तव्य मुलुकका शैक्षिक प्रणाली, कानुनी प्रावधान र करिअर निर्माणको लागि आवश्यक जानकारी लिन सक्नेछन् ।’
यसले एकै छानामुनीबाट विद्यार्थीहरुलाई गन्तव्य मुलुकका कलेज तथा विश्वविद्यालय छनौट गर्न आवश्यक अवसर प्रदान गर्ने आयोजकको भनाइ छ ।
एड्मिसन डेमा सहभागी विद्यार्थीहरुलाई स्पट एड्मिसन, वान अन वान काउन्सिलिङ, १०० प्रतिशतसम्म छात्रवृत्ति र एक्स्क्लुसिभ आइइएलटीएस वा पीटीई सेसन प्रदान गरिने ब्रिलियन्ट एजुकेशनले जनाएको छ ।
ब्रिलियन्ट एजुकेसन, नेपालकै अग्रणी शैक्षिक परामर्श केन्द्रका रुपमा रहेको छ । २०६२ सालमा स्थापना भएको यो कन्सल्टेन्सीबाट अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, क्यानडा, न्यूजील्याण्ड, युरोपेली मुलुकमा युके, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, आयरल्याण्ड, फ्रान्सलगायतमा अध्ययनका लागि जाने गरेका छन् ।





























प्रतिक्रिया