चांगनको सबैभन्दा सस्तो कार लुमिन ईभी नाडा अटो शोमा लन्च, ३०१ किमी रेन्ज दिने

चांगनको सबैभन्दा सस्तो कार लुमिन ईभी नाडा अटो शोमा लन्च, ३०१ किमी रेन्ज दिने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । चांगनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले सबैभन्दा सस्तो कार लुमिन ईभी नेपाली बजारमा भित्र्याएको छ ।

आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ मा सिटी कार लुमिन ईभी लन्च गरिएको हो । ३५ किलोवाटको मोटर जडान गरिएको यसमा १७.६५ किलोवाट आवर र २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक छ । दुई भेरिएन्टले क्रमशः २०५ र ३०१ किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

रेडियो, नेभिगेसन, स्मार्टफोन इन्टरफेस कनेक्टिभिटी र एडेप्टिभ क्रुज कन्ट्रोल लगायतका फिचर समावेश यसमा १४ इन्चको ह्विल छ । यसको इन्टेरियरमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट स्क्रिन र १०।२५ इन्चको इन्फोटेनमेन्ट युनिट समेत छ । भ्वाइस असिस्टेन्ट र कलर इन्सर्टले यसको इन्टेरियरलाई अझै लभ्ली बनाएको छ ।

लुमिन ईभीको मूल्य पहिले नै २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Skip This
Skip This
Logo