काठमाडाैं । एनएमबि बैंकले नाडा अटो शो र आगामी चाडपर्वहरूलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत, बैंकले ग्राहकहरूलाई व्यक्तिगत सवारी साधन खरिदका लागि ७.१३ प्रतिशतको प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ ।
बैंकका अनुसार, यो विशेष अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ, र यसको आवेदन प्रक्रिया सहज तथा लचिलो बनाइएको छ । विशेषगरी, इलेक्ट्रिक सवारी साधन किन्न चाहने ग्राहकहरूका लागि यो योजना एक राम्रो अवसर हुन सक्छ।
एनएमबि बैंकले यस पहल मार्फत वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो र हरित भविष्य निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ।





























प्रतिक्रिया