सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै

सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्यूएलइडी टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ । जसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउँछ।

यस सुरुवाती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआई ले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिने कम्पनीले जनाएको छ। नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहँदै, सामसङको नयाँ श्रृंखलाले टिभीसँग प्रयोगकर्ताको सम्बन्धलाई नयाँ परिभाषा दिँदै, तिनलाई दैनिकीलाई अझ समृद्ध बनाउने स्मार्ट साथीमा रूपान्तरण गर्छ।

सामसङ भिजन एआई को अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआईबाट अझ शक्तिशाली बनाउँदै, प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिन्छ।

एआई मोड रहेको उन्नत डीप–लर्निङ्ग एल्गोरिदम प्रयोग गरी, हेर्दै गरेको कन्टेन्ट र वरिपरिको वातावरण अनुसार वास्तविक समयमा मिलाइन्छ। यसले हरेक पटक चमत्कारिक दृश्य र जीवन्त आवाज सुनिश्चित गर्छ। साथै एआई एक्स्पीरीएन्स प्रयोगकर्ताको रोजाइ समयसँगै सिकेर, कन्टेन्ट सुझाव र सेटिङ्गलाई व्यक्तिगत बनाउँछ।

यसले टिभीसँगको सम्पूर्ण अनुभवलाई अझ स्मार्ट र सहज बनाउँछ। भने मल्टी–दिभाइस कनेक्तिभीटी टिभीलाई स्मार्टफोन, ट्याब्लेट वा अन्य स्मार्ट उपकरणसँग सजिलै जडान गर्न सकिन्छ। यसले कन्टेन्ट साझा गर्न, नियन्त्रण गर्न र सम्पूर्ण सामसङ इकोसिस्टममा निरन्तरता कायम राख्न सहज बनाउँछ।

सामसङ भिजन एआईः स्मार्ट र व्यक्तिगत मनोरञ्जन अनुभवको नयाँ पुस्ता

सामसङ भिजन एआईले स्क्रिनहरूलाई अझ स्मार्ट, सहज र व्यक्तिगत बनाउन ठूलो फड्को मारेको छ। यसले टेलिभिजनलाई केवल डिस्प्ले नभई, वरिपरिको वातावरण र प्रयोगकर्ताको बानीअनुसार प्रतिक्रिया दिने स्मार्ट हब मा रूपान्तरण गर्छ। यसरी टिभी दैनिकीमा सजिलै मिसिन्छ र बुद्धिमान साथी जस्तै अनुभव दिन्छ।

प्रमुख फिचरहरू-

युनिभर्सल जेस्चर कन्ट्रोल: अब रिमोट बिना नै सजिलो हातका इशारामार्फत सामसङ स्मार्ट एआई टिभी नियन्त्रण गर्न सकिन्छ। एआई प्रविधि र ग्यालेक्सी वाचको सहयोगमा हातका चालहरू चिन्न सकिने भएकाले टिभी फङ्सनहरू सहज रूपमा चलाउन सकिन्छ।

एआई अपस्केलिंग: कम रिजोलुसनको कन्टेन्टलाई फाेरके गुणस्तरमा रूपान्तरण गर्छ। सामसङ को एनक्यू८ एआई जेन३ प्रोसेसरद्वारा सञ्चालित यो फिचरले तस्वीरलाई अझ तीक्ष्ण र स्पष्ट बनाउँदै जीवन्त दृश्य अनुभव दिन्छ।

यसैगरी निष्क्रिय स्क्रिनलाई व्यक्तिगत कला–क्यानभासमा बदल्छ। एआई को सहयोगमा मूड वा अवसरअनुसार अद्वितीय फाेरके चित्र सिर्जना गरेर प्रयोगकर्ताले आफ्नो टिभीलाई व्यक्तिगत बनाउन सक्छ। साथै स्मार्टथिंग्स मार्फत घरको अवस्थाबारे वास्तविक समयको जानकारी र ऊर्जा प्रयोगको निगरानी उपलब्ध गराउँछ। यसले आवश्यक सुझावहरू दिँदै, प्रयोगकर्ता घरमै होस् वा बाहिर, दुवै अवस्थामा शान्तिको अनुभव दिलाउँछ।

Logo