‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’ -प्रमुख यज्ञराज जोशी

‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’ -प्रमुख यज्ञराज जोशी

केन्द्रबिन्दु
9
Shares

कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताएका छन् ।

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूले देखाएको मार्गदर्शनलाई अपनाउँदै जनताको हित र अधिकार रक्षा हुनेगरी काम गर्न प्रदेश सरकारलाई आग्रह गरे । मुलुक सङ्घीयतामा गएसँगै कर्णालीजस्ता पिछडिएका क्षेत्रको विकासमात्र नभई नागरिकको जीवनस्तर माथि उठेको उनले उल्लेख गरे ।

उनले भने, “पैसा हामीसँगै छ, टाढा जानुपर्दैन । इच्छाशक्तिले काम गरियो भने कर्णालीले मुलुकलाई केही दिन सक्ने सामथ्र्य राख्छ । अब सङ्घले केही दिएन भनेर गुनासो गर्नुपर्छ जस्तो लाग्दैन । हामीसँग भएको बजेट खर्च गर्ने क्षमता बढाऔँ ।”

बजेट खर्च गर्न जिम्मेवार कर्मचारीलाई पुरस्कृत र त्यसमा लापरवाही गर्ने कर्मचारीलाई प्रदेश सरकारले दण्डित गर्ने साहस राख्नुपर्नेमा उनले जोड दिए ।

Skip This
Skip This
Logo