भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर

भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग–२०८२ को टाइटल स्पोन्सर बनेको छ । भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने प्रतियोगिता आगामी भदौ १३ देखि १६ गतेसम्म बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्कमा हुनेछ ।

प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबीआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आइएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआइइसी, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, क्वेस्ट फर्मास्युटिकल्स, प्रभु बैंक, सालिको, युनाइटेड अजोड इन्स्योरेन्स, स्प्राउट टेक, नेपाल बैंक र आईसिएफसी फाइनान्ससहितका २० कर्पोरेट टिम सहभागी हुनेछन् ।

भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले भने, “भायानेट आज घरायसी इन्टरनेटको पहिलो रोजाइ मात्र नभई कर्पोरेट क्षेत्रमा पनि विश्वासिलो पार्टनर बनिसकेको छ। भायानेट इन्टरप्राइज इन्टरनेट कनेक्टीभिटीमा मात्र सीमित नभई, आइटी सोलुसन पनि दिने भएकोले ‘बियाेण्ड कनेक्टिभिटी’ दृष्टिकोण लिएर अघि बढिरहेका छौँ। कर्पोरेट क्रिकेट लिगमार्फत हाम्रा प्रमुख पार्टनरहरूस् बैंक, वित्तीय संस्था, उद्योग, सेवा तथा शिक्षण क्षेत्रसँग अझ नजिक हुने अपेक्षा राखेका छौँ। खेलकुदले सम्बन्धलाई बलियो बनाउन ठूलो भूमिका खेल्छ, यही हाम्रो मुख्य उद्देश्य हो।”

घरायसी प्रयोजनका लागि देशभर लोकप्रिय बनेको भायानेट पछिल्लो समय कर्पोरेट क्षेत्रमा समेत विश्वासिलो सेवा प्रदायकका रूपमा स्थापित भएको छ । कम्पनीले होटल तथा हस्पिटालिटी, बैंक तथा वित्तीय संस्था, उद्योग, सेवा तथा शैक्षिक संस्थासहित निजी क्षेत्रका विभिन्न संघ-संस्थालाई कनेक्टिभिटी सेवा प्रदान गर्दै आएको छ ।

भायानेटले कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सरशिपलाई कर्पोरेट क्षेत्रसँगको सम्बन्ध अझ घनिष्ठ बनाउने अवसरका रूपमा लिएको छ ।

Skip This
Skip This
Logo