नाउपा संसदीय दलको नेताबाट गंगाराम चौधरी बर्खास्त, अबदेखि सत्तापक्षमा बस्ने

नाउपा संसदीय दलको नेताबाट गंगाराम चौधरी बर्खास्त, अबदेखि सत्तापक्षमा बस्ने

केन्द्रबिन्दु
60
Shares

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेताबाट गंगाराम चौधरीलाई बर्खास्त गरेकी छन्।

सन्तोषजनक स्पष्टीकरण नदिएकाे भन्दै अध्यक्ष श्रेष्ठले चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयमा पठाएकी हुन्। ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका गंगाराम चौधरीलाई पार्टीको हितविपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवम् सन्तोषजनक जवाफ प्राप्त नभएको हुँदा निज गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२।०४।३० गते कारबाही गरेको हुँदा तहाँ यस पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयमले संसदीय दलको नेताको भूमिकासमेत निर्वाह गर्ने व्यहोरा जानकारी गराइन्छ’ पत्रमा उल्लेख छ।

साथै २२ असारदेखि प्रतिपक्षमा बस्दै आएको नाउपाले ४५ दिनपछि फेरि सत्तापक्षमा बस्ने जानकारी संसद सचिवालयलाई दिएको छ ।

नाउपाका सांसद गंगाराम चौधरीले गत २२ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदै प्रतिपक्षमा बस्ने भनेर निवेदन दिएका थिए । त्यही निवेदनपछि प्रतिपक्षमा बस्दै आएको नाउपाकी अध्यक्ष रञ्जिता चौधरीले पार्टीको लेटरहेडमा फेरि सत्तापक्षमा बस्न निवेदन दिएकी थिइन् । सोबारेमा बुधबारको कार्यव्यवस्था परामर्श समितिमा सभामुख देवराज घिमिरेले प्रस्ट पारेका छन् ।

Logo